+
+
Shares

भीमदत्तनगर सामान्य बन्दै, प्रजिअ भन्छन्- कर्फ्यू क्रमशः हटाउँछौं

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १० गते ११:५४

१० भदौ, कञ्चनपुर । निर्मला पन्तको हत्यापछि तनावग्रस्त भएको कञ्चनपुरको भीमदत्तनगरको अवस्था सामान्य बन्दै गएको छ । प्रहरीको गोली लागेर मृत्यु भएका सनी खुनाको आइतबार बिहान कञ्चनपुरको ब्रह्मदेवमा दाहसंस्कार गरिएको छ ।

स्थिति सामान्य बन्दै गएपछि आइतबार बिहान पाँच बजेदेखि १० बजेसम्म पाँच घण्टाका लागि कर्फ्यू हटाइएको थियो । १० बजेपछि भने पुनः कर्फ्यू लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले भने, ‘अहिले स्थिति सामान्य बन्दै गएको छ, सदभावपूर्ण छ, तर कर्फ्यू लगाएपछि एकैपटक हटाइहाल्न नमिल्ने भएकाले क्रमशः घटाउँदै लैजाने नीतिअनुसार फेरि लगाइएको हो ।’

उनले कञ्चनपुरको कर्फ्यू क्रमशः घटाउँदै जाने पनि बताए ।

कञ्चनपुरको भीमदत्तनगरमा गत असार १० गते १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै सुरु भएको आन्दोलन चर्किंदै गएपछि प्रहरीले गोली चलाउँदा सनी खुनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

सरकारले अपराधीलाई पत्ता लगाएर कडा कारबाही गर्ने, शंकास्पद सबैलाई अनुसन्धानको दायरामा ल्याउने, मृतक निर्मला र सनी खुनाका परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने, आन्दोलनमा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने लगायतका निर्णय गरेको छ ।

यसबीचमा सरकारले तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी प्रमुख डिल्लीराज विष्ट लगायतलाई फिर्ता बोलाएको छ ।

घटनाको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा समितिसमेत गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?