Comments Add Comment

‘क्याप्टेन’मा फुटबल खेलाडी अनमोल, के तिहारमा रिलिज होला फिल्म ?

नायक अनमोल केसीलाई पहिलो पटक फुटबल खेलाडीको रुपमा प्रस्तुत गरिएको चलचित्र ‘क्याप्टेन’को फस्टलुक रिलिज गरिएको छ ।शनिबार अनमोलले सामाजिक संजालमार्फत यसको फस्टलुक रिलिज गरेका हुन् ।

चलचित्रको फस्टलुकमा अनमोललाई मात्र देखाइएको छ । फस्टलुकमा अनमोलले फुटबल हान्दै गरेको देखाइएको छ । यस्तै, उनी इशान्त नामको खेलाडीको रुपमा रहेको समेत फस्टलुकबाट थाहा हुन्छ । चलचित्रले खेल, प्रेम र राष्ट्रियतालाई उठान गरेको बताइएको छ ।

दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रलाई भूवन केसीले निर्माण गरेका हुन् । चलचित्रमा अनमोलको साथमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, वुद्दि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका छ ।

यसैविच, चलचित्रका निर्माता भूवन केसीले यो चलचित्र कात्तिक १६ गतेबाट रिलिज हुने बताएका छन् । तिहारमा दर्शकले नेपाली चलचित्र हेर्न चाहने भएकाले पनि कात्तिक १६ गतेबाट रिलिज गर्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment