Comments Add Comment

सुशान्त र कृतीको प्रेममा को आयो भिलेन ?

बलिउड अभिनेता सुशान्त सिंह राजपुत र अभिनेत्री कृति सेननबीच अफेयर सुरु भएको धेरै समय भएको छैन । तर, अहिले उनीहरुबीच ब्रेकअपको खबर आएको छ ।

यी दुई लो प्रोफाइलका कलाकार फिल्म ‘राब्ता’ को सुटिङका क्रममा नजिकिएका थिए । उक्त फिल्म खासै सफल हुन सकेन । फिल्म सफल नभए पनि यसले सुशान्त र कृतिबीच प्रेम मौलाउन सहयोग ग¥यो ।

अहिले सुशान्त फिल्म ‘किज्जी और म्यान्नी’ मा व्यस्त छन् । सुनिएअनुसार यस फिल्मकी कोस्टार सन्जना सन्धीसँग उनको घनिष्ठता बढ्दै गएको छ । र, यही विषयमा विवाद परेपछि उनीहरु छुट्टिने निर्णयमा पुगेको बताइएको छ ।

त्यसो त कतिपयले उनीहरुबीच अझै पनि सम्झौता हुन सक्ने सम्भावना रहेको बताइरहेका छन् । यसका लागि सुशान्तले सन्जनासँग दुरी बनाउनुपर्ने हुन्छ । तर, सुशान्त सन्जनासँग दुरी बनाउन सक्ने अवस्थामा नरहेको बुझिन्छ ।

सुशान्त र कृतिले आफूहरुबीचको अफेयरका विषयमा अहिलेसम्म सार्वजनिकरुपमा मुख खोलेका छैनन् । त्यसैले उनीहरुको ब्रेकअप पनि गुपचुरुपमै भएको छ । अब उनीहरु दुवै आफ्नो करिअरमा फोकस गर्न चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment