+
+
Shares

खगेन्द्र सुनारको अडियोबारे सञ्चारमन्त्रीले भने- आवश्यक पर्दा अनुसन्धान प्रक्रिया अघि बढ्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सञ्चारमन्त्री विक्रम तिमल्सिनाले सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो प्रकरणमा आवश्यक परे सरकारले अनुसन्धान गर्न सक्ने बताए।
  • उनले सरकारले कुनै पनि मुद्दालाई दबाउन नखोज्ने र विधिसम्मत रूपमा प्रक्रिया अघि बढ्ने बताए।
  • सांसद सुनारले महिला हिंसा गरेको भन्ने अडियो सार्वजनिक भएको छ, रास्वपाले छानबिन गरिरहेको छ।

३० असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो प्रकरणमा सरकारले आवश्यक परेको बेलामा अनुसन्धान गर्ने सक्ने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा शुक्रबार सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा उनले यस्तो धारणा राखेका हुन् ।

‘सरकारले कुनै पनि मुद्दालाई दबाउन खोज्ने कुरा हुँदैन। आवश्यक पर्दाखेरि अनुसन्धान गरेर विधिसम्मत रूपमा कसरी अगाडि बढाउनुपर्छ, त्यसअनुसार प्रक्रिया अघि बढ्छ,’ उनले भने।

सञ्चारकर्मीहरूले अडियो प्रकरणमा सरकारले छानबिन नगरी किन दबाउन खोजेको भन्दै प्रश्न गरेका थिए । उक्त प्रश्नको जवाफ दिनेक्रममा मन्त्री तिमल्सिनाले यस्तो जवाफ दिएका हुन् ।

सांसद सुनारले महिला हिंसा गरेको भन्ने अडियो सार्वजनिक भएको छ । उक्त अडियोमाथि रास्वापले छानबिन गरिरहेको छ । तर सरकारले भने यसमा चासो दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?