+
+
Shares

केरलाका बाढीपीडितलाई एनआरएनएको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १० गते १७:५६

नाइजेरिया / गैरआवासीय नेपाली संघ, नाइजेरियाले छिमेकी राष्ट्र भारतको केरला राज्यमा हालै आएको बाढी पीडितलाई सहयोग गरेको छ ।

लेगोसस्थित केरला समाजलाई मुख्यमन्त्री राहत कोष, केरलामा जम्मा हुने गरी नाइजेरियन दुई लाख पचास हजार (रू. ७५ हजार) रकम आज लेगोसमा एक बिशेष कार्यक्रम बीच हस्तान्तरण गरेको हो ।

संघका नाइजेरिया अध्यक्ष जनक बिष्टले, एनआरएनएका अन्तर्रास्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाको उपस्थितिमा अइतबार उक्त सहयोग केरला समाज नाइजेरियाका अध्यक्ष जसलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा एनआरएनए नाइजेरियाका कोषाध्यक्ष रोहित भाङ्गर, अफ्रिका क्षेत्रीय महिला संयोजक मन थापा, सदस्यहरु आशा श्रेष्ठ सरकार र कृति अग्रवालको समेत उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?