जब क्यान्सरको कुरा आउँछ, हाम्रो मुखबाट अनायसै फुत्कने एउटा वाक्य हो, ‘अहो Û यो त सत्रुलाई पनि नलागोस् ।’
क्यान्सरका केही जटिलता छन् । एक त यसको उपचार निकै खर्चिलो हुन्छ । दोस्रो, क्यान्सरले गाँजेपछि यो अत्याधिक पीडादायी बन्छ । तेस्रो, कतिपय अवस्थामा क्यान्सरको उपचार संभव हुँदैन । चौथो, क्यान्सरले गाँजिसकेको कुरा सामान्यतय त्यसबेला मात्र थाहा हुन्छ, जतिबेला यो जटिल चरणमा प्रवेश गरिसक्छ ।
अहिले विश्वकै मानिसहरु क्यान्सरको जोखिममा छन् । धेरैलाई क्यान्सरले गलाएको छ । विषाक्त खानपान, विषाक्त वायु र आरमदायक जीवनशैलीले क्यान्सरलाई बढाव दिइरहेको छ ।
गलत खानपान तथा बद्लिदो जीवनशैलीका कारण पछिल्लो समय धेरै मासिन क्यान्सरको जोखिममा रहेका छन् । जीवनशैलीमा ल्याएको सानो परिवर्तन तथा स्वास्थ्यमा अपनाएको सावधानीले पनि क्यान्सर हुनबाट बच्न सकिन्छ ।त्यस्तै, यसका लक्षण समयमै पहिचान गर्न सकेको अवस्थामा पनि क्यान्सर रोगबाट बच्न सकिन्छ ।
सामान्यतया कुनै पनि क्यान्सर पहिलो स्टेजमा रहेमा किमोथेरापी, लेजर थेरापी तथा रेडियोथेरापीद्धारा यसको प्रभावकारी उपचार सम्भव छ ।
मुखको क्यान्सर, स्तन क्यान्सर, सर्वाइकल क्यान्सर, पेटको क्यान्सर, ब्रेन क्यान्सर , फोक्सोको क्यान्सर लगायत शरीरमा विभिन्न किसिमको क्यान्सर हुन्छ । यस्ता क्यान्सरको लक्षण समयमै पत्ता नलागेको खण्डमा क्यान्सरको कारण मानिसको मृत्यु समेत ुहनसक्छ ।
यी पाँच लक्षण, जसले क्यान्सरको संकेत गर्छ
-खकारमा रगत देखिनु
-दिशा तथा पिसाब गर्दा रगत निस्कनु
-शरीरमा रगतको कमी हुनु , थकान तथा कमजोरी महसुस हुनु
-बेस्सरी ज्वरो आउनु
-ज्वरो निको नहुनु
-खोक्दा मुखबाट रगत आउनु, लामो समयसम्म पनि खोकी ठिक नुहुन, कफको साथमा खकार आउनु
-खाना निल्नमा कठिनाई हुनु
-घाँटी तथा शरीरमा कुनै किसिमको गाँठागुठी देखिनु शरीरको कुनै भाग सुन्निनु
-स्तनमा गाठागुँठी देखिनु
-महिनावारी हुदाँ अधिक रक्तश्राव हुनु
प्रमुख क्यान्सर तथा तिनका लक्षण
स्तन क्यान्सर
शिशुलाई स्तनपान नगराउने महिलाहरुमा स्तन क्यान्सरको सम्भावना उच्च हुने गर्दछ । त्यस्तै, डिम्बाशयबाट निस्कने हर्मोनका कारण पनि स्तन क्यान्सर हुनसक्छ । स्तन क्यान्सर भएमा स्तन तथा स्तन वरिपरिको क्षेत्रमा गाठागुठी देखिने, स्तनको आकार बढ्ने, निप्पल गाढिने, रातो हुने, निप्पलबाट रगत लगायत विभिन्न तरल पदार्थ निस्कने तथा स्तन बाक्लो हुने गर्दछ ।
गर्भाशयको क्यान्सर
सानै उमेरमा विवाह गर्नु, प्रसुती व्यथा धेरै लाग्नु , संसर्ग गर्दा पिडा हुनु, प्रसव व्यथाका क्रममा पेटमा कुनै घाउ हुनु र त्यो ठिक हुनु अगावै गर्भधारण भएमा गर्भाशयको क्यान्सर हुने जोखिम उच्च हुने गर्छ । गर्भाशयको क्यान्सर भएमा रजनोवृति पश्चात्त पनि रक्तश्राव हुने, योनीबाट दुर्गन्ध आउने, खुट्टा तथा कम्मर दुख्ने, पिसाब गर्दा पिडा महसुस हुने गर्दछ ।
रक्त क्यान्सर
एक्सरे, सिटी स्क्यान लगायतबाट निस्कने विकिरण शरीर भित्र प्रवेश गरेमा यसले शरीर भित्रको हड्डीका साथै रक्तकोषिकालाई समेत प्रभावित पार्ने गर्छ । मुख तथा नाकबाट रगत बग्नु, शौच गर्दा रगत निस्कनु, जार्नी तथा हड्डीमा दुखाई महसुस हुनु, लगातार ज्वरो आउनु , निरन्तर पखाला लाग्नु, सास लिनमा कठिनाई हुनु , शरीरमा गाठागुठीका साथै नीलो डाम देखिनु, शरीरमा बारम्बार संक्रमण हुनु पनि रक्तक्यान्सरको प्रमुख लक्षणहरु मध्यमा पर्दछ ।
मुखको क्यान्सर
सुर्तीजन्य पदार्थको सेवन नै मुख तथा घाँटीको क्यान्सरको प्रमुख कारण हुन् । मुखभित्र कुनै गाठो आएमा, घाउ वा पित्त बनेमा, मुखमा सुेतो दाग आएमा , र्याल बगेमा, मुखबाट दुर्गन्ध निस्किएमा , मुख खोल्न, बन्द गर्न वा कुनै खानेकुरा निल्नमा समस्या भएमा पनि मुखको क्यान्सर हुनसक्छ ।
फोक्सोको क्यान्सर
धुम्रपान गर्नेमा फोक्सोको क्यान्सर हुने सम्भावना उच्च हुने गर्दछ । फोक्सोको क्यान्सर भएमा लामो समयसम्म खोकी लाग्ने, खोकीको साथ रगत वान्ता हुने, आवाज बद्लिने, सास लिनमा कठिनाई हुने गर्दछ । त्यस्तै, सास लिदाँ सिठी बजेको जस्तो आवाज निस्कने, टाउको दुख्नुका साथै चक्कर आउने, शरीरमा कमजोरी महसुस हुने, निमोनिया तथा सास नली सुन्निने, तौल घट्ने, शरीर दुख्ने तथा खान मन नलाग्ने समस्या पैदा हुने गर्दछ ।
आमाशय को क्यान्सर
पेट दुख्नु, भोक नलाग्नु, रगत वान्ता हुनु, शरीरमा रगतको कमी हुनु तथा दिशा गर्दा रगत निस्कनु पाठेघरको क्यान्सरको संकेत हो ।
सर्वाइकल (पाठेघरको मुखको) क्यान्सर
सर्वाइकल क्यान्सर भएमा योनीबाट असामान्य रुपमा रक्तश्राव हुनुका साथै योनीबाट सेतो गन्हाउने पानी बग्ने गर्दछ । त्यस्तै, शरीरमा रगतको कमी हुनुका साथै खान मन नलाग्ने, तौल कम हुने तथा पिसाब सम्बन्धि समस्या हुने गर्दछ ।
ब्रेन क्यान्सर
मस्तिकमा कोषिकाहरुको असामान्य वृद्धिलाई नै ब्रेन क्यान्सर भनिन्छ । ब्रेन क्यान्सर भएमा मस्तिष्कमा गाठा देखिने गर्दछ । जसका कारण बारम्बार टाउको दुख्ने, चक्कर आउने, याददास कम हुँदै जाने, आँखा धमिलो देखिने, शरीर असन्तुलित हुने, व्यवहारमा परिवर्तन आउने, कुनै कुरा ठम्याउनमा कठिनाई हुने गर्दछ ।
प्रतिक्रिया 4