Comments Add Comment

बाढी पिडितका लागि सलमानले खोलेनन् मुठ्ठी

बलिउड अभिनेता सलमान खान निकै दिलदार व्यक्ति मानिन्छन् । उनले धेरैलाई आपत्को बेला सहयोग गरेको र कतिको त जीवन न बदलिएको चर्चा हुन्छ । तर, यो चर्चा कति सत्य हो भन्ने चाहिँ सबैभन्दा बढि उनैलाई थाहा होला ।

हालै भारतको केरला राज्यमा बाढीले विनाश लिला मच्चायो । लाखौं व्यक्ति घरबार बिहिन बने । सयौंको मृत्यू भयो । बलिउड सेलिबि्रटीहरुबीच बाढी पिडितलाई आर्थिक सहयोग गर्ने लहर नै चलेको छ । तर, सलमानले भने अहिलेसम्म बाढी पिडितका लागि एक रुपैयाँ ननिकालेको भनेर आलोचना भइरहेको थियो ।

यही बीचमा हल्ला चल्यो, सलमानले १२ करोड रुपैयाँ दिए रे भन्ने । कतिले पत्याए पनि । पत्याउनेमध्ये एक थिए कलाकार जाबेद जाफरी । उनले हतारहतार सलमानको प्रशंसा गर्दै टि्वट पनि गरे । तर, अन्ततः उनले आफ्नो टि्वट फिर्ता लिएका छन् । सलमानले पैसा दिएको कुरा कतैबाट पुष्टि नभएपछि उनी टि्वट फिर्ता लिन बाध्य भएका छन् ।

उनले क्षमा माग्दै भनेका छन्, ‘सलमानले पैसा दिएको कुरा पुष्टि नभएकाले आफ्नो टि्वट फिर्ता लिन्छु ।  यो विषयमा न अहिलेसम्म सलमानले मुख खोलेका छन् न उनका निकट व्यक्तिरुहरुले । केरलाका बाढीपिडितहरुले सलमानबाट आशा गरिरहे तापनि उनले भने आफ्नो ढिकुटी खोलेका छैनन् ।

जबकि सन्नी लियोनीले समेत बाढी पिडतलाई करोडौं दिएको कुरा सार्वजनिक भइसकेको छ । अमिताभ बच्चनले भने ५१ लाख मार्त्रै दिएका छन् । उनले आफ्ना पुराना लुगा र जुत्ता बाढिपिडितलाई पठाएपछि सामाजिक सञ्जालमा ट्रोल भएको थियो । नायक साहरुख खानले बाढी पिडितका लागि ५ करोड सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment