+
+

इनास साँझमा झुम्यो डेनमार्क

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ११ गते १६:५१

कोपनहेगन / समर सिजनले कोल्टे फेर्नै अाट्दा केही चिसो बढ्दो छ । शनिबारको साझ कोपनहेगमा सिमसिमे पानी पर्न थाल्दै थियो । नेपालीहरुको बिभिन्न समूहहरु भने सांस्कृतिक साझमा रमाउन भनेर निस्कदै थियो । यता नेपाली समुदायलाई भरपुर मनोरन्जन प्रदान गर्न भन्दै कलाकारको टोली पनि तयारीमै जुटेको थियो । जहाँ नेपालमै रहेको अनुभूति गराए कलाकारहरुले, गीत, नाच तथा बिभिन्न प्रस्तुती मार्फत । नेपाली समुदाय पनि मज्जैले झुमे ।

यस्तो मेसो जुराएको थियो अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ डेनमार्कले । डेनमार्कमा इनास स्थापनाको ५ औ वार्षिकोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रम भएको हो । जहाँ गीत गायन तथा नृत्यमा भर्खरै प्रवेश गरेकादेखि लिएर वर्षौसम्म यही क्षेत्रमा लागेका दर्जनौ कलाकारले प्रस्तुती दिए । नेपालीहरुको पनि बाक्लै उपस्थिति थियो । जसले कलाकार तथा आयोजकलाई हौसायो ।

प्रज्ञा चौधरीको नृत्यबाट सुरु भएको रमाइलो कार्यक्रममा बिभिन्न प्रकारका नाच, गायन, र्‍याप तथा बिभिन्न प्रस्तुति रहे । राजमान तामाङ, कुशुम दाहाल, सन्तोष लामिछाने, सामिना थापा, बिक्रम तामाङ, सोवु केसी, रोविन दाहाल, विनी पोख्रेल, हरि न्यौपाने लगायतले गीत गाएर मनोरन्जन प्रदान गरे ।

इनासका अध्यक्षसमेत रहेका सन्तकुमार थापा मगर र मल्लिका प्रधानको जोडदार नृत्यदेखि नयाँ पुराना कलाकारको प्रस्तुति भब्य रह्यो । बिजय लामाको र्‍याप, शास्वत रानाको फ्रि स्टाइल फुलवल, बिशेस रानाको र्‍याप नृत्य, प्रज्ञा चौधरी र नविन चौधरी वुवा छोरीको नृत्य, आयुमा, आयुश, लुनी, बिधुसी, रतिका, आरती र पृया को लुकी लुकी बोलको गीतमा रहेको समुह नृत्य, रविन, बबिन, कृष, कृष्टियन र कृतीको समुह नृत्य उत्कृष्ट रह्यो ।

आँचल सापकोटा, नताशा शेर्पाको समुहको डान्स, अनुपा गौतम र स्नेहा पौडेलको नृत्य, रोशनी तामाङ, सुस्मिता मैनाली, ऊपमा श्रेष्ठ, साधना लामिछाने र बिक्रम तामाङ, एस के बोम्जन र शिश्किता श्रेष्ठले मनोरन्जन प्रदान गरे ।

५ औ वार्षिकोत्सवको अवसरमा साझ ५:३० बाट छोटो शुभकामना आदानप्रदानबाट सुरु भएको कार्यक्रम नृत्य, गायन तथा बिभिन्न प्रस्तुतिसङ्गै सकिएको थियो । नेपाली दूतावासका मिनिस्टरी काउन्सिलर डोरनाथ अर्याल, एनआरएन डेनमार्कका अध्यक्ष यमलाल सुवेदी, प्रवासी नेपाली मन्च डेनमार्कका अध्यक्ष शिव चापागाईं, नेपाली जनसम्पर्क समितिका सभापति वीरेन्द्रसिङ कार्की, नेपाली जनप्रगतिशील मन्चका महासचिब महेशकुमार खाती, विबेकशील साझा सद्भावका सयोजक प्रभात किरण, क्रियटिभ युमनका अध्यक्ष ईन्दिरा तिवारी र इनासका सल्लाहकार नवीन आचार्यले शुभकामना मन्तब्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?