१२ भदौं, काठमाडौं । सेयर बजारमा झिनो अंकको वृद्धि देखिएको छ । मंगलबार सेयर कारोबारमा १ दशमलव ३७ अंकले नेप्से परिसुचक वृद्धि भएको हो ।
नेप्से परिसुचक अघिल्लो दिनको कारोबार भन्दा ०.१२ प्रतिशतले सुधारिएको हो । आइतबार ओरालो दिशामा लागेको सेयर बजार सोमबार भने गाइजात्रा पर्वका बिदाका कारण कारोबार भएको थिएन ।
मंगलबार ३ हजार २ सय ७४ वटा कारोबारबाट ६ लाख २२ हजार ८ सय १ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार सेयर कारोबार रकम भने १९ करोड ५ लाख १३ हजार ९ सय ९६ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4