Comments Add Comment

एसिया कप छनोट: ओमनले टस जित्यो, नेपाल ब्याटिङ गर्दै

१३ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । ओमनले टस जितेर ब्याटिङ रोजेसँगै नेपालले ब्याटिङको निम्तो पाएको हो ।

नेपाल र ओमनबीचको खेल मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा हुन लागेको हो । आफ्नो पहिलो खेलमा नै ओमनलाई पराजित गर्दै छनोट प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यमा नेपाल रहेको छ । पछिल्लो समयमा नेपालमाथि ओमन हावी भएको दखिन्छ ।

नेपाल र ओमनबीच ५० ओभरको खेलमा ६ पटक भेट भएको छ । जसमा नेपाल र ओमनले समान ३-३ पटक जित हात पारेका छन् ।

प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएई, सिंगापुर र हङकङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment