+
+
Shares

रिचार्ज कार्ड बाँडेर सिनेमा चल्छ होला ?

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १३ गते ११:५७

असोज ५ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाँध मायाले’को निर्माणपक्षले प्रचारका लागि रिचार्ज कार्ड अफर अगाडि सारेको छ ।
सामाजिक संजाल फेसबुकमा जोडिएका दर्शकका लागि यो अफर ल्याइएको हो ।

निर्देशक सविर श्रेष्ठका अनुसार दुई दिनको अन्तरमा चलचित्र सम्बन्धी एउटा प्रश्न सोधिनेछ । सोधिएको प्रश्नमा सही जवाफ दिनेलाई पाँच सयको रिचार्ज कार्ड प्रदान गरिनेछ । यो क्रम भदौको अन्तिम दिनसम्म जारी रहने निर्देशकले बताएका छन् । चलचित्र रिलिजको अगाडिसम्म यस्तै खालको प्रचार गरिने उनले बताएका छन् ।

रामहरी धिताल कार्यकारी निर्माता रहेको चलचित्रमा केदार धिताल र बिभिषिका श्रेष्ठको लगानी छ । चलचित्रमा आर्यन अधिकारी, श्रृष्टी श्रेष्ठ, किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिंग लगायतको अभिनय छ । अर्जुन पोखरेलले चलचित्रमा संगीत भरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?