Comments Add Comment

बसन्तले लिए दोस्रो विकेट

१४ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले युएईको तेस्रोे विकेट लिएको छ ।

नेपालले २६.१ ओभरमा तेस्रो विकेट लिएको हो । बसन्त रेग्मीको बलमा रमिज शाहजाद ३५ रनमा एलबीडब्लुको धरापमा परे ।

यसअघि नेपालका लागि बसन्त रेग्मीले नै पहिलो विकेटको रुपमा अश्फाक अहमदलाई ४५ रनमा एलबीडब्लु आउट गराएका थिए । त्यस्तै, सन्दीप लामिछानेले युएईका कप्तान रोहन मुस्तफालाई १ रनमा आउट गराउन सफल भएका थिए ।

अहिले युएईको २७ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा १३८ रन भएको छ । अहिले क्रिजमा चिराग सुरी ४९ र शैमन अन्वार २ रनमा खेलिरहेका छन् ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा जारी खेलमा नेपाल जितको खोजिमा रहेको छ । नेपालका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । युएईलाई पराजित गर्न सके नेपालको लागि आगामी यात्रा सहज हुनेछ ।

आफ्नो पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएकोले पनि आजको खेलमा नेपालको लागि जित्नै पर्नै दबाब छ । यता, युएईले भने आफ्नो पहिलो खेलमा सिंगापुरलाई २१५ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment