Comments Add Comment

अफगान क्रिकेटको लोभलाग्दो यात्रामा चम्किएका नाबी

१३ भदौ, काठमाडौं । अफगानिस्तानमा क्रिकेट कसरी माथि चढ्दै गयो भनेर बुझ्न धेरै पछाडि र्फकनु पर्दैन । सन् २००१ मा मात्रै राष्ट्रिय टिम बनाएको अफगानिस्तानले क्रिकेटमा छोटो समयमा गरेको प्रगति लोभलाग्दो छ ।

सन् २००८ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभमा रहेको अफगानिस्तानले २०१७ मा पूर्ण सदस्यता पाउँदासम्मको यात्रा रोचक छ ।

१९ औं शताब्दीमा बेलायतीले अफगानिस्तानमा क्रिकेट सुरु गरेको भए पनि १९९० को दशकमा अफगानिस्तानीहरु पाकिस्तानको शरणार्थी क्याम्पमा रहँदा क्रिकेटमा भिजेका थिए । २००० तिर उनीहरु देश र्फकन थालेसँगै क्रिकेट पनि भित्रियो । त्यसपछि २००१ मा राष्ट्रिय टिम बनाइएको हो ।

१७ वर्षको क्रिकेट यात्रामै टेस्ट राष्ट्रको मान्यता पाएको अफगानिस्तानमा चम्किएका एक खेलाडी हुन्, मोहम्मद नाबी ।

अफगानिस्तानमा सोभियत युद्ध चलिरहेका बेला पाकिस्तानको पेशावर पुगेका नाबीले पाकिस्तानमै क्रिकेट सुरु गरेका थिए । २००९ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्रीदेखि राम्ररी चिनिएका नाबीले अहिले टी ट्वान्टी वरियतामा बंगलादेश र श्रीलंकाभन्दा अघि पुग्दासम्म धेरै नै योगदान गरेका छन् ।

विशेष त सीमित ओभरको क्रिकेटमा नाबीले आˆनो नाम विश्व क्रिकेट जगतमा चम्काइरहेका छन् । इन्डियन पि्रमियर लिगमा होस् वा बिग बास लिग र क्यारेबियन पि्रमियर लिग नाबीको नाम छुटेको छैन ।

अफगानिस्तानको पहिलो टेस्ट खेलेर इतिहास बनाएका नाबीले अहिले एकदिवसीयमा सयौं खेल खेल्ने पहिलो अफगानी खेलाडी बनेर अर्को इतिहास बनाउँदै छन् । आयरल्याण्डसँग एकदिवसीय सिरिज खेलिरहेको अफगानिस्तानबाट नाबीले सयौं एकदिवसीय पूरा गरेका छन् । उनै नाबीको क्रिकेट यात्राका केही महत्वपूर्ण समयलाई आईसीसीले समेटेको छ ।

पहिलो एकदिवसीयमै प्लेयर अफ दि म्याच

विश्वकप सन् २०११ को छनोटका लागि २००९ मा भएको प्रतियोगिता अफगानिस्तानका लागि नौलो भयो । नेट रन रेटमा केन्याभन्दा पछि परेर अफगानिस्तानको विश्वकप यात्रा टुंगियो । विश्वकपमा नपुगेपनि अफगानिस्तानले एकदिवसीय मान्यता पाउनु ठूलो उपलब्धी भयो ।

त्यही एकदिवसीय मान्यता पाउने खेलमा नाबीको प्रदर्शन सम्झनलायक रहृयो । पाँचौ स्थानको प्ले अफमा स्कटल्याण्डलाई ८९ रनले हराएको खेलमा नाबीले ५८ रन बनाएका थिए । जसमा उनी प्लेयर अफ दि म्याच भए ।

विश्वकपमा अफगानिस्तान

२०१५ मा पहिलोपटक विश्वकप खेल्दा नाबी टिमको कप्तान थिए । त्यसमा राम्रो भूमिका खेलेका नाबीको अफगानिस्तानलाई २०१९ मा हुने क्रिकेट विश्वकपमा लैजान पनि प्रमुख योगदानछ ।

१४ देशले विश्वकप खेल्दा २०१५ को पहिलो विश्वकप सहभागितामा कमजोर देखिए पनि अफगानिस्तानको क्रिकेट यात्रा झनै राम्रो हुँदै गयो । यसैले १० देश मात्र सम्मिलित आउँदो विश्वकपमा पुग्दा उत्कृष्ट प्रदर्शनले नाबीको क्षमता बढेको छ ।

जिम्बावेसँगको एकदिवसीय सिरिजमा जित

अफागानिस्तानले आईसीसीको पूर्ण सदस्य जिम्बावेलाई २०१५ मा भएको एकदिवसीय सिरिजमा हराउन सक्नु अर्को ठूलो उपलब्धी हो । जसमा उनै नाबी प्लेयर अफ दि सिरिज भएका थिए ।

पाँच खेलको सिरिजमा २-१ ले पछि परेको अवस्था उल्टाउँदै अफगानिस्तानले ३-२ ले सिरिज जितेको थियो । त्यस समय नाबीले ब्याटिङबाट मात्रै होइन बलिङबाट पनि आˆनो उत्कृष्ट क्षमता देखाएका थिए ।

एकदिवसीयमा धेरै रन र विकेट

२००९ मा पहिलोपटक एकदिवसीय खेलेपछि ४४ खेलाडीले अफगानिस्तानबाट एकदिवसीय खेलिसकेका छन् । त्यसमा उनै नाबी धेरै रन र धेरै विकेटको लिस्टमा अग्र स्थानमा छन् ।

९९ खेलमा उनले २ हजार २ सय ८८ रन बनाएका छन् भने १ सय ५ विकेट लिएका छन् । एकदिवसीयमा अलराउण्डरको लिस्टमा दोस्रो नम्बरमा रहेका नाबी आˆनो सबै कीर्तिमानहरु तोडिँदा नै खुसी मिल्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment