Comments Add Comment

अमेरिकामा आर्यनसँग ‘बाँध मायाले’

असोज ५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बाँध मायाले’को प्रदर्शन अष्ट्रेलियापछि अमेरिकामा गरिएको छ । अमेरिकाको सान्फ्रान्सिस्को शहरमा चलचित्रको प्रिमियर गरिएको हो । शोमा चलचित्रका मुख्य नायक आर्यन अधिकारी उपस्थित भएका थिए ।

प्रेम र द्धन्द्धको मुख्य कथामा तयार यो चलचित्र हेरेपछि दर्शकहरु भावूक हुँदै हलबाट निस्किएको नायक अधिकारीले बताएका छन् । आर्यनले चलचित्रमा समावेश एक्सन र प्रेमको कथालाई रुचाएको दाबी समेत गरेका छन् । सेप्टेम्बर २ तारिखमा चलचित्रको अर्को शो पनि आयोजना हुँदैछ ।

सविर श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा आर्यन अधिकारी, श्रृष्टी श्रेष्ठ, राजाराम पौडेल, किशोर खड्का, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङ्गको मुख्य भूमिका छ ।

काइट्स इन्टरटेनमेन्टको प्रस्तुती रहेको यो चलचित्रमा रामहरी धिताल र विभिषिका श्रेष्ठको लगानी छ भने सह- निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार धिताल छन् । चलचित्रमा बाबु श्रेष्ठको छायांकन, रोशन श्रेष्ठको एक्सन र अर्जुन पोखरेलको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment