+
+

पोखराको बस सप्तरीमा दुर्घटना, १७ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १४ गते १४:०९

१४ भदौ, सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खड्ग नगरपालिकामा बिहीबार बिहान रात्रीबस पल्टिदा १७ जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख ६९४२ नम्बरको रात्री बस खडक नगरपालिका ६ स्थित राजमार्गमै पल्टिएको हो ।

दुर्घटनामा घाइते हुने ७ जना पोखराकै छन् । पोखरा महानगरपालिका १९ कि ५२ बर्षीया देवरुपा गिरीको ढाडमा चोट लागेकाले अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुको कल्याणपुरस्थित अस्पतालमा उपचार भइरहेको र फरार भएका बसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?