Comments Add Comment

अर्पणले कसलाई भने दुई मुखे मान्छे ?

नायक अर्पण थापा सालिन र कम बोल्ने अभिनेताको रुपमा चिनिन्छन् । सितिमिती कुनै पनि कुरामा मुख खोल्दैनन् उनी । तर, हालै फेसबुकमा उनले लेखेको एउटा स्टाटसले भने उनलाई चिन्नेहरुलाई अचम्भित पारेको छ ।

अर्पणले आजको दिन सोचाई भन्दै ‘दुई मुखे मानिसहरुबाट बच्न’ सबैलाई सुझाव दिएका छन् । छेपारोको जस्तै रंग फेर्ने ती मानिसहरु आफ्नो भलाइका लागि जे पनि बोल्दै हिँड्ने समेत उनले लेखेका छन् ।

‘दुई मुखे मानिसहरु आफूलाई सधै नै असुरक्षित महशुश गर्छन् र छेपारोको जस्तो रंग फेर्न पनि तयार हुने गर्छन्,’ अर्पणले लेखेका छन् । तर, उनीहरु कहिले पनि परिवर्तन नहुने अर्पणको भनाई छ ।

अर्पणको आक्रोशले भरिएको यो स्टाटस कोप्रति लक्षित छ भनेर अड्कल गर्न गाह्रो छ । विगत केही समयदेखि नायिका ऋचा शर्मा र अर्पण थापाको निकटताको चर्चा चलचित्र बजारमा गर्मिएको थियो ।

तर, अहिले उनीहरुको सम्बन्ध चिसिएको बुझिन्छ । ऋचाले निर्माण गरेको पछिल्लो चलचित्र ‘सुनकेसरी’ को निर्देशन अर्पणले गरेका थिए । तर, चलचित्रले आशातित व्यापार गर्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment