Comments Add Comment

यूरोपियन अवार्डमा किन आएनन् रोनाल्डो ?

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले बिहिबार राति भएको च्याम्पियन्स लिग गालामा भाग लिएनन् । उनको अनुपस्थितिबाट यूनियन अफ यूरोपियन फुटबल एसोसिएसन्स (यूईएफए), समर्थकहरु, रियल म्याडि्रडमा हुँदाका उनका साथीहरु सबैले खल्लो महसुस गरे ।

जबकि मोनाकोमा आयोजित इभेन्टमा उनले आफ्नो स्थान पहिल्यै बुक गरेका थिए ।

रोनाल्डोका फोटोग्राफर, जसले उनको जीवनका सबै महत्वपूर्ण पलहरुमा साथ दिँदै आएका छन्, रोनाल्डोले सर्वोत्कृष्ट खेलाडीको अवार्ड उचालेको तस्वीर क्यामरामा कैद गर्न आएका थिए । तर, सो अवार्ड रोनाल्डोले नभएर लुका मोडि्रकले पाए ।

समारोहमा सर्वोत्कृष्ट गोल र सर्वोत्कृष्ट फरवार्डको पुरस्कार भने रोनाल्डोले पाए । तर, उनी अनुपस्थित हुँदा रोनाल्डोले पाएको पुरस्कार कसैलाई हस्तान्तरण गरिएन ।
रोनाल्डो नआउनुको कारण पनि केही बताइएन । गालापछि युभेन्टसका महानिर्देशक गिउसेप्पे मरोट्टाल भनेका छन्, ‘यो उनको व्यक्तिगत निर्णय हो ।’

अर्का सुपरस्टार लियोनल मेस्सी पनि कार्यक्रममा उपस्थित भएनन् । उनले भने अगाडि नै आफू अनुपस्थित रहने जानकारी दिएका थिए ।

रोनाल्डो र मेस्सी नआए पनि कार्यक्रम भने भव्यरुपमा सम्पन्न भयो । डेभिड बेकह्याम आफ्नी पत्नी भिक्टोरियासहित आएका थिए भने लुका मोडि्रक, मोहमद सलाह, सर्जिओ रामोस, प|mान्सिस्को टोट्टी, पाभेल भेदभेद कार्यक्रममा उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment