Comments Add Comment

चिकित्सक संघले बुझायो ६ हजार डाक्टरको लाइसेन्स

१७ भदौ, काठमाडौ । नेपाल चिकित्सक संघले ६ हजार चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिललाई बुझाएको छ ।

संघले माइतीघर मण्डलामा गरेको विरोध प्रर्दशनपछि आइतबार दिउँसो करिब एक बजे बासबारीस्थित नेपाल मेडिकल काउन्सिल पुगेर कार्यवाहक अध्यक्ष डा. नारायणविक्रम थापालाई लाइसेन्स बुझाएको हो ।

लाइसेन्स बुझाउनेमा संघमा आवद्ध १६ वटा शाखाकै चिकित्सकहरु रहेको महासचिव डा. लोचन कार्कीले बताए । ‘आज लाइसेन्स बुझाउनेमा संघको १६ वटा शाखामा कार्यरत देशभरीकै करिब छ हजार चिकित्सकहरु रहेका छन् । काठमाडौं बाहिर रहेका चिकित्सकहरुबाट लाइसेन्स आउने क्रम जारी छ’ उनले भने ।

लाइसेन्स बुझाएपछि काउन्सिलले नै यसबारे प्रकि्रया अगाडि बढाउने बताउँदै उनले यसबारे अहिले नै केही भन्न नसकिने प्रतिक्रिया दिए । ‘हामीले लाइसेन्स बुझाएका छौ । अगाडिको प्रकि्रया उहाँहरुले नै गर्नुहुन्छ ‘ महासचिव कार्कीले भने ।

भदौ १ गतेदेखि लागु भएको मुलुकी अपराध -संहिता) ऐन ०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन ०७४ मा डाक्टरले लापरवाहीपूर्वक उपचार गर्दा जन्मकैदको व्यवस्था राखिएको विरोधमा डाक्टरहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् । चिकित्सकहरुले सांकेतिक विरोधस्वरुप सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पनि पारेका छन् ।

‘चिकित्सकहरुले काउन्सिल समक्ष लाइसेन्स बुझाउनु भएको छ र, हामीले बुझेका पनि छौ । तर त्यसबारे के गर्ने भन्ने छलफल भइसकेको छैन’, काउन्सिलका रजिष्टार डा. दिलिप शर्माले भने । विभिन्न समितिहरु बसेर छलफल गरिसकेपछि मात्र यस विषयबारे टुङ्गो लाग्ने भएकोले चिकित्सकहरुले भने आˆनो कामलाई यथावत नै राख्न सक्ने शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment