१७ भदौ, काठमाडौं । श्रीकृष्ण जन्मअष्टमीको अवसरमा काठमाडौंको सामाखुशी चिल्ड्रेन पार्कमा घैंटो (मटका) फुटाउने प्रतियोगिता गरियो । विभिन्न तीन समूहमा विभाजित युवाहरु घैंटो फुटाउने प्रतियोगितामा सहभागी थिए ।
दही, रंग र केही पैसा राखिएको घैंटो केही अग्लो ठाउँमा झुण्ड्याएर राखिएको हुन्छ । प्रतियोगिताको सहभागीले हातले हिर्काएर त्यसलाई फुटाउनुपर्ने थियो ।
रातो, हरियो र पहेलो गरी तीन समूहले भाग लिएको प्रतियोगितामा रातो समूहले मटका फुटाउन सफल भएको थियो ।
सामाखुशी युवा क्लबले आफ्नो टोलमा झण्डै एक दशकदेखि यो प्रतियोगिता गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4