+

चौथो टेष्टसँगै इंग्ल्याण्डले जित्यो सिरिज

२०७५ भदौ  १७ गते २३:१२ २०७५ भदौ १७ गते २३:१२
चौथो टेष्टसँगै इंग्ल्याण्डले जित्यो सिरिज

१७ भदौ, काठमाडौं । चौथो टेष्टमा भारतलाई ६० रनले हराउँदै इंग्ल्याण्डले पाँच म्याचको सिरिज जितेको छ ।

२४५ रनको लक्ष्य पाएको भारत हार्ने संकेत त्यसबेला नै देखिएको थियो, जब उसले २२ रन जोड्दा ३ विकेट गुमायो । कप्तान विराट कोहलीले अजिन्क्या रहानेसँग मिलेर पारी सम्हाले ।

उनी चौथो विकेटका लागि १०१ रनको साझेदारी गर्दै ५८ रनमा आउट भए । कोहलीलाई मोइन अलीले आउट गराएपछि पनि रहानेले जितको लक्ष्यलाई १०० रन भन्दा कममा झारेका थिए ।

रहानेले रिशव पन्तसँग मिलेर अलीको ओभर सकाएका थिए । तर, थप १३ रन जोड्दा ४ विकेट गुमाएपछि भारत १८४ रनमा अलआउट भयो ।

म्यान अफ दि म्याच मोइन अलीले ७१ रन दिएर चार विकेट लिए । समग्रमा चौथो टेष्टमा ९ विकेट लिएका उनले इंग्ल्याण्डको पहिलो पारीमा ४० रन समेत बनाएका थिए ।

पहिलो पारीमा २४६ रन बनाएको इंग्ल्याण्डले भारतलाई २७३ मा अलआउट गरेको थियो । उसले दोस्रो पारीमा २७१ रन बनाउँदै भारतले २४५ रनको लक्ष्य दिएको थियो ।

शुक्रबार ओभलमा पाँचौ टेष्ट खेल्नुअघि इंग्ल्याण्डले सिरिज ३-१ ले जितेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय