+
+
Shares

स्थानीय तहलाई आफै कर्मचारी राख्न दिने अवस्था छैनः मन्त्री पण्डित

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १९ गते १२:३४

१९ भदौ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहलाई आफै कर्मचारी राख्न दिने अवस्था नरहेको बताएका छन् ।

‘प्रदेश लोकसेवा आयोग नबनेसम्म सम्बन्धित मन्त्रालयको आवश्यकता अनुसार केन्द्रले विज्ञापन गर्ने र कर्मचारी पठाउने छ,’ मन्त्री पण्डितले भने, ‘हामी स्थानीय तहलाई आफै कर्मचारी राख्न दिने अवस्थामा छैनौं ।’

मंगलबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले अहिले नासु र खरिदार तहका कर्मचारी बढी आवश्यक रहेको र लोकसेवा आयोगले सोही तहका दुई हजारको अन्तरवार्ता लिइरहेकोले तत्काल समस्या समाधान हुने दावी गरे ।

मन्त्री पण्डितले मालपोत, यातायात, अध्यागमन, वैदेशिक रोजगारी, भन्सार लगायतका कार्यालयमा नयाँ कर्मचारी मात्रै राख्ने तयारी गरिएको जानकारी दिए

मन्त्री पण्डितले अहिले तत्कालका लागि काठमाडौंमा बढी भएकाहरुलाई बाहिर पठाउने काम गरिरहेकाे बताए । तर, कर्मचारीहरु प्रदेश र स्थानीय तहमा जान नखोज्ने प्रवृत्ति रहेको उनले बताए ।

कर्मचारीहरूले केन्द्र छोड्न नमानेपनि स्थानीय तह र प्रदेशमा जाने कर्मचारीहरूको केन्द्रसँगको सम्पर्क भने नटुट्ने मन्त्री पण्डितको भनाइ छ ।

बैठकमा मन्त्री पण्डितले मालपोत, यातायात, अध्यागमन, वैदेशिक रोजगारी, भन्सार लगायतका कार्यालयमा नयाँ कर्मचारी मात्रै राख्ने तयारी गरिएको समेत जानकारी दिएका छन् ।

सुरुमा काम चलाउन कर्मचारी बढी भएको ठाउँबाट कम भएको ठाउँमा पठाइएकोले कर्मचारीको अभाव भएको उनको भनाइ छ । केही ठाउँमा भने नयाँ दरबन्दी थप्नु परेको मन्त्री पण्डितले बताए ।

संघीय निजामति ऐन प्रक्रियामा अगाडि बढाइएको भन्दै मन्त्री पण्डितले कर्मचारी समायोजनको कामलाई आगामी पुस मसान्तसम्म सक्ने दावी समेत गरे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?