Comments Add Comment

जितु नेपाल ‘प्रवल जन सेवा श्री’ पदकबाट सम्मानित

नेपाली हाँस्य जगतका सफल कलाकार तथा निर्माता जितु नेपाल ‘प्रवल जन सेवा श्री’ पदकबाट सम्मानित भएका छन् । राष्ट्रपति कार्यलय शित्तल निवासमा मंगलबार आयोजना भएको भव्य कार्यक्रममा नेपाली कला क्षेत्रको विकास र पवर्द्धनमा योगदान पुर्‍याएको भन्दै कलाकार नेपाललाई नेपाल सरकारले सम्मानित गरेको हो ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रवल जन सेवा श्री’ पदकबाट सम्मानित गरेकी थिइन । राज्यबाट पहिलो पटक यति ठुलो सम्मान पाउँदा आफु निकै नै भावूक भएको कलाकार नेपालले बताए । उनले भने-‘जिन्दगीमा धेरै संघर्ष गरेको छु । सायद, आज यही सफलता देख्नका लागि हुनसक्छ ।’

जितुले आफुले प्राप्त गरेको यो सम्मान सिंगो कला क्षेत्रलाई राज्यले गरेको सम्मानको रुपमा लिएको समेत बताए । जितुको साथमा कला क्षेत्रबाट अशेष मल्ल, ब्याकल माइला, कृष्ण कँडेल, दुर्गा रायमाझी, बसन्त पकाशले यो सम्मान पाप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment