+
+
WC Series
पोखरा एभेन्जर्स 2025
175/8 (20)
VS
Sudurpaschim won by 18 runs
Won सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

अख्तियारको प्रमुख आयुक्तमा नवीन घिमिरे सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २० गते १२:४१

२० भदाै, काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेको नाम सिफारिस भएको छ ।

संवैधानिक परिषदको बुधवार बसेको बैठकले प्रमुख आयुक्तमा घिमिरेको नाम सिफारिस गरेको हो । हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन् । घिमिरे २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका थिए ।

वैठकपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद लिमल्सिनाले प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष र सदस्यहरुको प्रस्तावका विषयमा समेत छलफल भएको जानकारी दिए । तर थप, छलफल आवश्यक भएकाले कुनै निर्णय नभएको उनले बताए ।

अर्को वैठकमा प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष र सदस्यहरुको प्रस्तावका विषयमा निर्णय हुन सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?