Comments Add Comment

यादवको मृत्युबारे न्यायिक छानबिन गर्न सांसदको माग

२० भदौ, काठमाडौं । सांसदहरुले प्रहरी नियन्त्रणमै रहेका बेला बाँकेका राममनोहर यादवको मृत्यु भएको घटनाको न्यायिक र संसदीय छानबिन गर्न माग गरेका छ ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रममा पक्राउ परेका र प्रहरी नियन्त्रणमै मृत्यु भएका उनको मृत्युको घटनाको सत्य तथ्य पत्ता लगाउन सांसदहरुले छानबिन समिति गठनको माग गरेका हुन् ।

बुधबारको संसद बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसद अमरेशकुमार सिंहले प्रहरी नियन्त्रणमा नै मृत्यु हुनु सरकारको गम्भीर लापरबाही भन्दै घटनाको विषयमा सत्य तथ्य पत्ता लगाउन न्यायिक छानबिन गठन गर्न माग गरे । उनले उक्त घटनामा संलग्न प्रहरी अधिकारीलाई पनि कारबाही गन माग गरे ।

‘कस्टडीमा लिने भनेको जिम्मा लिने हो । सरकारले जिम्मा लिएपछि हत्या गरिएको छ, यसमा संलग्न पुलिस अफिसरलाई कारबाही गर्नुपर्छ । विभागीय होइन, न्यायिक छानबिन गर्नुपर्छ’ सांसद सिंहले भने ‘सम्बन्धित परिवारलाई राहत दिनुपर्छ ।’

केही दिनअघि उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाएको आरोपमा पक्राउ परेका बाँकेको जानकी गाउँपालिका ६ का यादव ३० बर्षीय यादवको गत शुक्रबार राति प्रहरी नियन्त्रणमै रहेका बेला मृत्यु भएको थियो ।

राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले घटनाको विषयमा गृहमन्त्रीले संसदमा जानकारी गराउनुपर्ने बताए । प्रहरी नियन्त्रणमा नै यादवको मृत्यु भएको र प्रहरी सरकारकै अंग भएको भन्दै उनले सरकारले नै यादवको हत्या गरेको आरोप लगाए ।

‘विरोध गर्न पाउने अधिकार प्रयोग गरी कालो झण्डा देखाउनेलाई सरकारले हत्या गरेको छ’ उनले भने, ‘यो हत्याबारे गृहमन्त्रीले संसदलाई जानकारी गराउनुपथ्र्यो । संसदमा हरेक दिन प्रश्न उठेको छ । तर सरकारले जवाफ दिएको छैन ।’

घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment