Comments Add Comment

सेलिब्रिटी वाचः फोटो खिच्दा साम्राज्ञीको आँखा पोल्यो, पहिरन लामो भएर हैरान

अरु बेला नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह आफूले नै रोजेको पहिरनमा कार्यक्रममा पुग्थिन् । तर, चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को गीत रिलिज कार्यक्रममा भने साम्राज्ञी निर्देशक रेनशा वान्तवा राइको रोजाइको पहिरनमा पुगिन् । चलचित्रका गीतमा ड्रेसअप आकर्षक रोज्न सिपालु रेनशाले आफ निर्देशित डेब्य चलचित्रको प्रमोशन कार्यक्रममा पनि कलाकारलाई सोही अनुसारको पहिरन लगाउन निर्देशित गरिरहेकी छिन् ।

लेहेङ्गाले हिड्नै समस्या
लामो लेहेङ्गा लगाएर कार्यक्रममा पुगेकी नायिका साम्राज्ञीलाई हिड्न नै समस्या भएको थियो । उनी लेहेङ्गा तानेर हिडिरेहकी थिइन् । तर, पनि आकर्षक पहिरन लगाएको भन्दै उनको तारिफ भने भयो । काठमाण्डौको क्युज हलमा पुगेपछि उनी पत्रकार, चलचित्रकर्मीसँग गफिनमा व्यस्त देखिइन् । अरु बेलामा भन्दा साम्राज्ञी केही शान्त देखिएकी थिइन् ।

धिरज र सारुकसँग निकटता
चलचित्रका मुख्य नायकद्धय धिरज मगर र सारुक तामाकारसँग नायिका साम्राज्ञीको निकटता देखियो । उनी, कार्यक्रम आयोजना हुने हल भित्र प्रवेश गरेसँगै उनीहरुसँग गफिनमा व्यस्त देखिइन् । सारुक र धिरज पनि उस्तै खाले पहिरनमा ठाटिएर पुगेका थिए । चलचित्रले पाएको हाइपले यी कलाकारमा खुशी ल्याएको थियो । हिरोहरुसँग गफिदै गर्दा सामाज्ञी कफिमा पनि रमाइन् ।

गीत हेर्दा बच्चाले पापा हेरेजस्तो
चलचित्रको सार्वजनिक ‘जुरायो’ गीत पहिलो पटक हेरेकी साम्राज्ञी दंग परिन् । उनले हाँस्दै भनिन्-‘मैले यो गीत पहिलो पटक हेरे । गीत हेर्दा त म हेरेको हेरै भए । बच्चाले पापा हेरे जस्तो मैले त मुख बन्द गर्नै सकिन ।’ यसो भन्दै नायिका आफै हाँसिन । साम्राज्ञीले गीतको भिडियोमा उत्कृष्ट काम गरेको भन्दै सारुकको पनि प्रशंसा गरिन् । निर्देशक रेनशा वान्तवा राइको प्रशंसामा त उनले लामै समय खर्चिइन् ।

सेल्फी क्रेज पनि उस्तै
कार्यक्रम सकिएपछि नायिका शाह र कलाकारमा सेल्फी क्रेज पनि देखियो । उनीहरु आफनो टिमको सेल्फी लिनमा व्यस्त देखिएका थिए । यस्तै, कार्यक्रममा पुगेका टिमका विभिन्न सदस्य र पत्रकार पनि साम्राज्ञीसँग तस्बिर खिच्न लालयित देखिए । साम्राज्ञीले पनि विना झन्झट फोटो खिचाइन । तर, साम्राज्ञीको सिंगल तस्बिर लिन चाहने पत्रकारको चाहना भने त्यती लामो समयसम्म टिकेन ।

किनकी, ५० भन्दा बढी क्यामेराले तस्बिर खिच्दा साम्राज्ञीलाई गाहो भयो । उनी आँखा पोल्यो भन्दै सिटमा गएर बसिन् । पछिल्लो समय प्रेमको चर्चामा रमिरहँदा पत्रकारले सो प्रश्न सोध्छन् भन्ने डर पनि उनमा थियो । तर, पत्रकारले कुनै पनि प्रश्न नसोधेपछि साम्राज्ञीलाई थोरै भएपनि राहत मिलेको थियो ।

कारमा कपडा अटेन
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह कार्यक्रम सकिएपछि घरतर्फ लागिन् । तर, उनलाई लामो कपडाले गर्दा कारमा बस्न समस्या भयो । उनको लेहेङ्गा यति लामो थियो कि, उनी कारमा बस्दा पनि निकै असहज तरिकाले बसेकी थिइन् । तर, पनि सबैले राम्री भनिदिएकोमा भने उनी खुशी थिइन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment