Comments Add Comment

असोज दोस्रो साता बुटवलमा औद्योगिक प्रदर्शनी हुने

२१ भदौ, बुटवल । असोज दोस्रो साता रुपन्देहीको बुटवलमा औद्योगिक प्रर्दशनी हुने भएको छ । उद्योग व्यापार संघ, बुटवल, नेपाल राष्ट्रिय व्यापार संगठन केन्द्रीय कार्यालय, काठमाडौंको आयोजना र जिल्ला समन्वय समिति रुपन्देही र बुटवल उपमहानगरपालिकाको सह–आयोजनामा प्रदर्शनी हुन लागेको हो ।

स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिक तथा व्यापार विविधीकरण नारा दिइएको प्रदर्शनी असोज १९ गतेबाट २८ गतेसम्म रामनगर बुटवलमा हुने आयोजकले जनाएका छन् ।

उद्योग व्यापार संघ, बुटवलका अध्यक्ष प्रविनबहादुर पाठकले साना व्यवसायी र उद्योगीहरुका सामानहरुको प्रदर्शन गर्न र उपभोक्तालाई दैनिक उपभोग्य वस्तहरु सस्तो मूल्यमा उपलब्ध गराउन मेला आयोजना गरिएको जानकारी दिए ।

प्रदर्शनीबाट १५ देखि २० करोडसम्मको कारोबार गर्ने र ३ लाख दर्शक भित्राउने लक्ष्य आयोजकको छ ।

१ सय ५० सदस्यीय मुल आयोजक समिति, ५० सदस्यीय सल्लाहकार समिति तथा विभिन्न १६ वटा उप–समिति गठन गरी तयारी तीव्र पारिएको संघका निवर्तमान अध्यक्ष खेम श्रीसले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment