Comments Add Comment

के अब करणले आफूलाई समलिंगी घोषणा गर्लान् ?

भारतको सर्वोच्च अदालतले समलिंगी जोडीबीचको सम्वन्धलाई वैधानिकता दिने फैसला सुनाएपछि विभिन्न क्रिया-प्रतिक्रियाहरु आइरहेका छन् । यसले समलिंगी जोडी र उनीहरुप्रति सहानूभुति राख्नेहरुलाई खुशी बनाएको छ ।

बलिउडमा पनि समलिंगीहरुप्रति सद्भाव राख्ने सेलिब्रिटीहरु थुप्रै छन् । उनीहरुमध्ये एक हुन् निर्देशक करण जौहर । त्यसो त धेरैले उनलाई नै समलिंगीक मान्ने गरेका छन् ।

अदालतको फैसला आउनासाथ करणले खुशी व्यक्त गरे । उनले यो मानवताको ठूलो जित भएको प्रतिक्रिया दिए । आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनले एलजीबीटी कम्युनिटीका झण्डासहित लेखेका छन्, ‘ऐतिहासिक फैसला । आज मलाई गर्व महसुस भइरहेको छ । संमलैंगिकतालाई अपराधमुक्त गरिनु मानवताको ठूलो जित हो । देशले आफ्नो अक्सिजन प्राप्त गरेको छ ।’

करण हालसम्म अविवाहित छन् । उनले सरोगेसी प्रक्रियाबाट दुई सन्तान भने उत्पादन गरिसकेका छन् । उनको यौनजन्य झुकावका विषयमा विभिन्न टिप्पणीहरु हुने गर्छन् । धेरैले उनी समलिंगी भएको पनि आशंका गर्छन् । शाहरुख खानसँग उनको कतै समलिंगी सम्वन्ध त छैन भन्ने प्रश्न पनि उठाइन्छ ।

आफ्नो अटोबायोगाफी ‘एन अनसुटेबल ब्वाई’ मा करणले घुमाउरोरुपमा आफू समलिंगी भएको स्वीकारेका थिए । उनले लेखेका छन्, ‘सबैलाई थाहा छ मेरो सेक्सुअलिटी के हो । तर, यदि तपाईं मेरै मुखबाट सुन्न चाहनुहुन्छ भने म भन्न असमर्थ छु । किनकी म यस्तो देशमा बस्छु, जहाँ मैले आफ्नो यौनिकताको खुलासा गर्दा जेल जानुपर्ने हुन सक्छ ।’

उनले अगाडि लेखेका छन्, ‘म यसकारण बोल्न चाहन्न कि म एफआईआरको चक्करमा पर्न चाहन्न । मसँग काम छ । मेरा केही प्रतिवद्धताहरु छन् । मेरो कम्पनीमा धेरै मानिसहरु काम गर्छन् । उनीहरुप्रति म जवाफदेही छु । म अदालतको चक्कर काट्न चाहन्न ।’

आफ्नो किताब माथिको एक छलफलमा करणले २०१६ मा भनेका थिए, ‘मलाई पेन्सी (पुरुष समलिंगी) शब्दमा आपत्ति छ । मैले यो बाल्यकालदेखि नै सुन्दै आएको छु । बाल्यकालदेखि नै मेरो स्वभाव केटीको जस्तो थियो । यसले गर्दा स्कुलमा मलाई धेरैले होच्याएर यो शब्द प्रयोग गर्थे । घर फर्किँदा मेरो मष्तिस्क बोझिलो भएको हुन्थ्यो ।’

उनले समलिंगी सम्वन्धलाई देशले मान्यता दिनुपर्ने पक्षमा वकालत गर्दै आएका थिए । के अब उनले खुलेर आफूलाई समलिंगी घोषणा गर्लान् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment