अमेरिकाको ड्याकोटा राज्यको उत्तरी भागमा रहेको एउटा सहर अहिले संकटमा छ । लामो समयदेखि सहरको मेयर रहेका व्यक्तिको निधन भएसँगै सहरको अस्तित्व नै लोप हुने जोखिम बढेको थियो । यो सहरको जनसंख्या जम्मा २ जना मात्र रहेको छ । तर, पछिल्लो समयमा आशा पलाएको छ । किनकी सहरको जनसंख्या दोब्बरले बढेर ४ पुग्ने अपेक्षा गरिएको छ ।
रुजोस्थित म्याकलिन काउन्टीका मेयर ८६ वर्षीय ब्रुस लोरेन्जको गत जुलार्इमा निधन भएको थियो । उनको निधन भएसँगै उक्त सहरको अस्तित्व नै लोप हुने जोखिम बढेको थियो । किनकी कुनै सहरको अस्तित्व कायम राख्नका लागि न्यूनतम जनसंख्या ३ जना हुनुपर्ने रहेछ ।
सहरमा अहिले लाउरिन्डा रोलोसन र उनका पती टेरी रोलोसन मात्र बस्दछन् ।
उनका अनुसार अहिले उक्त सहरको नागरिकता प्राप्त गर्नका लागि योग्य एकजना अर्का व्यक्ति फेला परेका छन् ।
ग्रेग स्कमाल्ज नामका व्यक्तिसँग रुसो सहरको पोष्ट बक्स नम्बर रहनुका साथै कुखुरा र घोडा फार्म हेर्नका लागि हरेक दिन सहरमा आउने गर्दछन् । त्यसैले उनलाई सहरको नागरिकता प्रदान गरी मेयर बनाउने तयारी गरिएको छ ।
ग्रेग र उनकी पत्नी मिचेल हाल भेल्भा सहरमा बस्दछन् । तर उनीहरु यहीँ वर्ष रुजो सहरमा बसाइँ सर्ने तयारीमा छन् । रुजोमा उनीहरुले आफ्नो घर निर्माण गरिरहेका छन् ।
यो जाडो सिजन अघि आवास निर्माणको काम सकिने अपेक्षा रहेको उनको भनाइ छ ।
रुजो सहर सन् १९०९ मा स्थापना हुँदा त्यहाँ १ सय ४१ जनसंख्या थियो ।
तर, सन् १९५६ पछि यो सहरको जनसंख्या स्वात्तै घट्न थाल्यो । अन्नमिल बन्द भएसँगै यहाँका मानिसहरु बसाई सर्न थाले ।
आफूसँगै आसपासका अरु मानिसहरु पनि रुजो सहरमा बसाई सर्ने आशा ग्रेगले गरेका छन् । ग्रेगको अस्तित्व बचाउन आफू लागिपर्ने उनले बताए ।एजेन्सी
प्रतिक्रिया 4