+
+

डेनमार्कको राष्ट्रिय फुटबल टिमः सेल्सम्यानदेखि विद्यार्थीसम्म

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २१ गते १८:२३

२१ भदौ, काठमाडौं । एक सेल्सम्यान, एक विद्यार्थी र एक इन्टरनेट स्टारलाई फर्स्ट ११ मा उतारेको डेनमार्क मैत्रिपूर्ण फुटबलमा स्लोभाकियासँग ३-० ले पराजित भएको छ ।

आर्थिक अधिकारलाई लिएर डेनिस फुटबल एसोसिएसनसँग भएको विवादका कारण राष्ट्रिय टिमका खेलाडी खेलेका थिएनन् ।

डेनमार्कको शीर्ष दुई डिभिजन र विदेशमा खेल्ने खेलाडीहरु पनि खेलिरहेका छैनन् । सम्भवतः नेसनल लिगमा वेल्सविरुद्ध पनि उनीहरु खेल्ने छैनन् ।

स्लोभाकियाविरुद्ध मैदानमा उत्रिएको फस्र्ट ११ मा फुटसल खेलाडीसमेत थिए । फरवार्डका रुपमा खेलेका क्रिष्टियन ओफेनबर्ग पार्टटाइम सेल्सम्यान हुन् । उनी डेनमार्कको तेस्रो डिभिजन क्लब अभार्टाबाट खेल्छन् । राइट ब्याक सिमोन भोल्सन विद्यार्थी हुन् र पाँचौं डिभिजनमा खेल्छन् । मिडफिल्डर रासमस हृयामसन भने इन्टरनेट फ्री स्टाइल फुटबलर हुन् ।

९० मिनेटको खेलमा डेनमार्कले मात्र एक पटक पोष्ट चार्ज गरेको थियो भने बल पोसेसन मात्र २७ प्रतिशत थियो । अब डेनमार्कले आइतबार नेसन्स लिगमा वेल्सविरुद्ध खेल्नेछ । तर, ग्यारेथ बेलसहितको टोलीलाई यसले कसरी सामना गर्ने हो हेर्न बाँकी छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?