+
+
Shares

हुन्डाइको फेष्टिभ डिलाइट योजना

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २१ गते १९:४९

२१ भदौ, काठमाडौं ।  हुण्डाई अटोमोवाइल्स नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाई फेस्टिभ डिलाइट योजना ग्राहकमाझ ल्याएको छ । यो योजना अाजदेखि कार्तिक २७ गते २०७५ सम्म लागू हुनेछ । यो योजना दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित ल्याइएको हो ।

यस योजनाअन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुट र १ वर्ष निःशुल्क बीमा पाउनेछन् । साथै स्क्रयाच कार्ड मार्फत थप रु.१ लाख सम्मको नगद छुट, लक्की–ड्र मार्फत १०० जनालाई १०–१० ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई आई ट्वान्टी एक्टिभ एकथान र हुण्डाई क्रेटा एक थान जित्न सक्नेछन् । सबै हुण्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानीसहित उपलब्ध हुनेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरि १३ शोरुमहरु तथा १५ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?