२२ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ ।
भेटका क्रममा अध्यक्ष प्रचण्डले नेपाल-भारत सीमाबारे गृहमन्त्री सिंहको ध्यानाकर्षण गराएका थिए ।
शुक्रबार बिहान प्रवासी नेपालीसँग भएको छलफलमा सीमा क्षेत्रमा नेपालीमाथि हुने गरेका लुटपाटका घटनाबारे कुरा उठेपछि प्रचण्डले गृहमन्त्री सिंहको ध्यानाकर्षण गराएका हुन् ।
जवाफमा गृहमन्त्री सिंहले सीमा क्षेत्रका सबै अधिकारीहरुलाई तत्कालै खबर गरी घटना हुन नदिने विश्वास दिलाएका थिए ।
यस्तै नेपाल भारत सम्बन्धका लागि अहिले सकारात्मक वातावरण बनेको भन्दै नेपालको आर्थिक समृद्धिमा दुबै देश मिलेर अघि बढ्ने कुरासमेत भएको थियो ।
भेटमा प्रचण्डले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।
प्रतिक्रिया 4