Comments Add Comment

शरीरको खराब व्याक्टेरियालाई कसरी हटाउने ?

प्रतिरोधी क्षमता शरीरको महत्वपूर्ण भाग मध्यको एक हो । शरीरको प्रतिरोधी क्षमताले शरीरलाई किटाणु तथा विषाणुबाट जोगाएर शरीरलाई तदरुस्त राख्न मद्दत गर्छ । तर, जब यसमा गडबडी आउँछ, तब शरीरमा विभिन्न रोगको संक्रमण हुने गर्छ ।  यस्ता संक्रमणबाट जोगाउन तथा शरीरलाई फिट राख्नका लागि पनि शरीरको प्रतिरोधी क्षमता मजबुत हुन जरुरी छ । र,  शरीरको प्रतिरोधी क्षमता मजबुत बनाउने यी उपायहरु अपनाउन सकिन्छ ।

तनावबाट टाढा रहने,  राम्ररी सुत्ने

प्रत्येक व्यक्तिले दिनमा कम्तीमा सात देखि आठ घण्टा सुत्न जरुरी छ । तर व्यस्त जीवनशैली तथा तनावका कारण सबैका लागि लामो समय सुत्न सम्भव पनि छैन । कम निद्रा तथा धेरै तनाव लिएमा शरीरमा कार्टिसोलको स्तर ह्वात्तै बढ्ने गर्छ । जसले शरीरको प्रतिरोधी क्षमता कमजोर बनाउनुका साथै शरीरमा विभिन्न समस्या निम्त्याउने गर्छ ।

धुमपान नगर्ने

आजकल धुमपान गर्नु मानिसको लागि शानको कुरा भएको छ । पुरुषहरुमा मात्र हैन, महिलाहरुमा पनि आज धुमपान गर्ने गर्ने ट्रेण्ड बढ्दै गएको छ । जबकी धुमपान स्वास्थ्यको लागि हानीकारक छ । यसले स्वास प्रस्वास तथा फोक्सो सम्बन्धि समस्यामात्र निम्त्याउँदैन, बाझोपनाको समस्या समेत निम्त्याउने गर्छ । धुमपानकै कारण विभिन्न प्रकारको क्यान्सरको जोखिम समेत निम्तने हुदाँ धुमपानबाट जति टाढा बस्न सक्यो, स्वास्थ्यको लागि त्यति नै धेरै फाइदाजनक हुन्छ ।

मदिराका खराब हुनसक्छ कलेजो

धुमपान झैं मदिराको सेवन आजकल सामान्य हुँदै गएको छ । मदिराको सेवन आजकल सामान्य बदलिदो जीवनशैलीको एउटा अभिन्न अंगको रुपमा देखिएपनि यसको अत्याधिक सेवनले कलेजो खराब हुनसक्छ । त्यसैले, लामो आयु बाच्न तथा शरीरलाई स्वस्थ राख्न पनि  मदिरा त्याग्न आवश्यक हुन्छ ।

पानी तथा हरिया साजसब्जी

पानीको सेवनले शरीरको विषाक्तता पिसाब तथा पसिनाको माध्यमद्धारा बाहिर निकाल्न सहायता प्रदान गर्छ । जबकी हरियो सागसब्जीमा पर्याप्त मात्रामा क्याल्सियम, फाइबर, भिटामिन तथा खनिज पदार्थ पाइन्छ । जसले शरीरमा ताकत बढाउने मात्र हैन, रोगसित लड्न पनि मद्दत गर्छ ।

प्रोबायोटिक्स छ फाइदाजनक

हाम्रो शरीरमा दुई किसिमका व्याक्टेरिया हुन्छ, असर व्याक्टेरिया र खराब व्याक्टेरिया । जब शरीरमा खराब व्याक्टेरियाको अनुपात धेरै हुन्छ, तब शरीरमा  रोगको संक्रमण धेरै हुने गर्छ र मानिसहरु छिटो छिटो विरामी हुन थाल्छन् । दहीले शरीरको प्रतिरोधी क्षमता बढाएर रोगसित लड्न मद्दत गर्ने हुदाँ यसलाई दैनिक आहारमा सेवन गर्न जरुरी छ ।

घाममा बस्ने

शरीरलाई पर्याप्त मात्रामा भिटामिन ‘डी’को आवश्यकता पर्छ । र, भिटामिन ‘डी’ घामबाट पाइन्छ । भिटामिन ‘डी’ ले हड्डीलाई मजबुत बनाउनुका साथै प्रतिरोधी क्षमता मजबुत बनाउने गर्छ ।

नियमित एक्सरसाईज गर्ने

शरीरलाई स्वस्थ राख्न दिनमा कम्तीमा पनि १५ देखि २० मिनेटको एक्सरसाइज जरुरी छ । एक्सरसाइजले व्लड प्रेशरलाई नियन्त्रित राख्नुका साथै रोगसित लड्ने क्षमता पनि बढाउँछ ।

ड्राइ फ्रुट्स हुनसक्छ लाभदायक

डाई फ्रुट्स  मानिसहरु नमोटाओस् भन्नका लागि खादैनन्। जबकी डाई फ्रुट्सले तौल त अवश्य नै बढाउँदैन । बरु ड्राई फ्रुट्समा भिटामिन्स, मनरल्स तथा फाइबर भरपूर मात्रामा पाइन्छ, जसले शरीरको प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment