+
+
Shares

तरुण दल नेताको हत्या विरोधमा रोल्पा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २५ गते ९:००

२५ भदौ, लिवाङ । नेपाल तरुण दलले सोमबार रोल्पा जिल्ला बन्द आह्वान गरेको छ । तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरोधमा जिल्ला बन्द गरिएको हो ।

बन्दका कारण बिहानैदेखि रोल्पाको जनजीवन प्रभावित भएको छ । सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग बन्द भएका छन् । लामो तथा छोटो दूरीका सवारीसाधन नचल्दा यात्रु विचल्लीमा परेका छन् ।

पुनको आइतबार राति  सुलिचौरमा गोली हानी हत्या भएको थियो । पूर्वमाओवादी कार्यकर्ताले पुनको हत्या गरेको तरुण दलले आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?