काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको ओएसीस एजुकेशनले मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडालाई ब्राण्ड एम्बेष्डर बनाएको छ ।
राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी मिस नेपाल खतीवडालाई ब्राण्ड एम्बेष्डर बनाइएको घोाषणा गरिएको हो ।
आफू पनि इञ्जिनियरिङ्गको विद्यार्थी रहेको र ओएसिस एजुकेशन पनि शिक्षासँग सम्बन्धित संस्था भएकोमा आफू यो ब्राण्ड एम्बेष्डर बन्न पाएकोमा उनले खुशी व्यक्त गरिन् ।
ओएसीस एजुकेशनका सिईओ कुशल केसीले सन् २०१२ देखि निरन्तर रुपमा ओएसीस एजुकेशनले अष्ट्रेलिया अध्ययनका लागि आउने विद्यार्थीहरु, नेपाली समुदाय र अन्तराष्ट्रिय विद्यार्थीह्रुलाई समेत उचित शैक्षिक परामर्शका साथैं माईग्रेसन, भिसा, ईन्सुरेन्स लगायतका बिषयहरुमा सेवा प्रदान गर्दै आईरहेका जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4