Comments Add Comment

हिट फिल्मको ह्याट्रिकपछि भूवनले पूजालाई भने-‘नम्बर १ नायिका’

‘एउटै कलाकारले लगातार ३ वटा चलचित्र हिट दिनु चानेचुने कुरा होइन । पूजाको ‘प्रेमगीत, म यस्तो गीत गाउँछु र रामकहानी’ बक्स अफिसमा सफल भए ।’, नायक भूवन केसीले चलचित्र ‘रामकहानी’ हेरेपछि दिएको प्रतिक्रिया हो यो । इनिसियल व्यापारमा कलाकारको स्टारडमको मापन हुन्छ ।

लगातार ३ चलचित्र इनिसियल व्यापारमा सफल भएपछि नायिका पूजा शर्माले बक्स अफिसमा ह्याट्रिक गरेकी छिन् । ‘प्रेमगीत, म यस्तो गीत गाउँछु’ले बक्स अफिसमा कमाई गरेका थिए भने ‘रामकहानी’ पनि सोही बाटोमा छ ।

यो चलचित्रको विशेष शोमा पुगेका नायक भूवन केसीले यही प्रसंग उठाए । भूवनले भने-‘पूजाले लगातार ३ वटा चलचित्र हिट दिएर ह्याट्रिक गरेकी छिन् । उनलाई म नेपालको नम्बर १ नायिका भन्न चाहन्छु ।’ भूवनले यसो भनिरहँदा पूजा मुस्कुराइन् ।

नायक भूवन केसी र नायिका पूजा शर्माको मित्रता गज्जबको छ । दुबैले एक अर्काको प्रशंसा खुबै गर्छन् । भूवनको फ्यान बताउने पूजा उनको स्टाइलबाट आफू प्रभावित भएको बताउँछिन् ।

विशेष शोमा पुगेकी नायिका रेखा थापाले पनि चलचित्रको प्रशंसा गरिन् । चलचित्र ‘रामकहानी’मा नायिका पूजा शर्माको अभिनय निखारिएको छ । उनले, अभिनयमा देखाएको परिपक्कताले उनलाई अझै लोकपि्रय बनाउने कुरामा दुइमत छैन ।

चलचित्र हेर्न पुगेका अधिकांशले यसको कथावस्तु, सस्पेन्स र कमेडी उत्कृष्ट रहेको बताए । सुदर्शन थापा निर्देशित चलचित्रमा आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ । लभस्टोरी चलचित्र बनाउन माहिर मानिएका सुदर्शनले यो चलचित्रमा पनि त्यो पाटोलाई बलियो बनाएका छन् ।

चलचित्रको क्लाइमेक्सले धेरै चलचित्रकर्मी र पत्रकारलाई रुवाएको थियो । चलचित्रले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment