Comments Add Comment

निर्मला हत्याको छानविनबाट अलगिए उपसचिव केसी

२५ भदौ, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामाथि अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिका एक सदस्यले राजीनामा दिएका छन् ।

प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विरेन्द्र केसीले सोमबार पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका हुन् । उनले समितिको म्याद थप गरिएकोमा असन्तुष्टि जनाएका छन् । केसीले भने,’निर्मलाको न्यायका लागि नै मैले राजीनामा दिएको हुा । म्याद थप गरिएकोमा मेरो असन्तुष्टि हो ।’

गृहमन्त्रालयले सह-सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा पााच सस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको थियो । समितिले स्थगत अध्ययन सकाएपनि प्रतिवेदन बुझाएको छैन ।

प्रतिवेदनको मस्यौदा तयार भइसकेको भन्दै उनले भनेका छन्, डीएनए टेष्टको रिपोर्ट र १५ दिनभित्र प्रतिवेदन पेश नगरेमा हुनसक्ने सम्भावित दुर्घटना र अपराधी उम्कन सक्ने सम्भावनाबारे आफ्नो धारणा समितिमा राख्दै आए । मेरो धारणा र तथ्य ओझलमा पर्ने सम्भावना देखेर जिम्मेवारीबाट हटेँ ।’

उनले घटनाको छानबिनका क्रममा सत्यतथ्य प्राप्त गर्ने र मुख्य अपराधी पत्ता लगाउने अठोटसँगै आफू क्रियाशील रहेकाले ज्यान जोखिममा रहेको भन्दै सुरक्षा समेत माग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment