२६ भदौ, सुर्खेत । सुर्खेतको पूर्वी भागको गुर्भाकोट नगरपालिका – १४ जुगेपानीका ५० वर्षीय प्रेमबहादुर कामीको चट्याङ लागेर मृत्यु भएको छ ।
एकतले खरले छाएको घरमा चट्याङ पर्दा कामीसहित गोठमा रहेका दुई गाई, एक गोरु र एक कुकुर मरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए । सोमबार राति एक बजे उनको घरमा चट्याङ परेको थियो ।
चट्याङले कामीकी पत्नी ४८ वर्षीया खगिसरा पुन घाइते भएको प्रवक्ता चाैधरीले बताए । घाइते पुनको मेहलकुनास्थित अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4