Comments Add Comment

झुटो किताब लेख्ने नवाजुद्दिनको भनाई

आफ्नो बायोपिक पुस्तक ‘एन अर्डिनरी लाइफ’लाई लिएर विवादमा परेपछि बलिउडका चर्चित कलाकार नवाजुद्दिन सिद्धिकीले पुस्तक नै फिर्ता लिनु परेको थियो । तर, उनले फेरि एकपटक पुस्तक लेख्ने बताएका छन् । नवाजुद्दिनले भनेका छन्-‘म फेरि एकपटक पुस्तक लेख्नेछु । यसपटक म सबै कुरा झुट लेख्नेछु । मेरो किताब सबैले पढ्नेछन् किनकी म चर्चित छु । मेरो किताब पढेर उनीहरुले मेरो तारिफ गर्नेछन् ।’

आफ्नो २०९ पन्ना लामो पुस्तकमा जम्मा ४ पन्ना आफूले प्रेम र सम्बन्धको कुरा गरेको नवाजुद्दिनले बताएका छन् । बाँकी पन्नामा आफूले आफ्नो जीवन संघर्षको बारेमा कुरा गरेको उनले बताए । तर, मानिसहरुले त्यही सम्बन्धको कुरालाई मात्र स्थान दिएको उनको भनाई थियो ।

नवाजुद्दिनले साउथका सुपरस्टार रजनीकान्तको समेत प्रशंसा गरेका छन् । उनले आफू रजनीकान्तको फ्यान भएको बताए । रजनीकान्तसँगको भेटमा उनले कहिले पनि आफ्नो स्टारडम देखाउन नखोजेको भन्दै नवाुद्दिनले उनको प्रशंसा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment