Comments Add Comment

मस्ती टकः श्रृष्टीलाई बिहे गर्न मन लाग्यो, आर्यनको पालो नै उछिनियो

नायक आर्यन अधिकारी र नायिका श्रृष्टी श्रेष्ठ अभिनित चलचित्र ‘बाँध मायाले’ असोजको ५ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको प्रचारका लागि अहिले आर्यन र श्रृष्टीको दौडधुप चलिरहेको छ । यही क्रममा अनलाइनखबरसँग ‘ओके मस्ती टक’मा कुरा गर्दै आर्यन र श्रृष्टीले निकै रमाइलो गरेका छन् । चलचित्र ‘बाँध मायाले’ अर्गानिक चलचित्र भएको आर्यनले बताए । श्रृष्टीले भने चलचित्रको कथावस्तु र निर्देशकको काम गर्ने शैली मन परेकाले चलचित्रमा आवद्ध भएको बताइन् ।

आर्यन र श्रृष्टीसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


आर्यनले भने-‘दुबै अनाथ केटा केटीको कथामा चलचित्र बनेको छ । केही नभएपनि मायाले संसारलाई कसरी जोड्छ भन्ने कथालाई दर्शकले हेर्न पाउनुहुनेछ ।’नायिका श्रृष्टी श्रेष्ठले पनि ‘बाँध मायाले’ प्रेम गर्नेहरुका लागि बनेको बताइन् । कुराकानीको क्रममा श्रृष्टीले आफूलाई बिहे गरेर घरजम गर्न मन लागेको सुनाइन् । उनले भनिन्-‘मेरो ममी र बुबाको प्रेम देख्दा मलाई पनि बिहे गर्न मन लागेको छ ।’

आर्यनको भने दाई र भाइले बिहे गरिसकेका छन् । आर्यनलाई भाइले उछिनिसक्दा पनि अहिले नै आफ्नो सोच नभएको उनले बताए । रमाइलो कुराकानीका क्रममा आर्यन र श्रृष्टीले केही गेम पनि खेले । उनीहरुले गरेको रमाइलो कुराकानीका लागि भिडियो नै हेर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment