Comments Add Comment

मासिक ज्यालादारीमा पारिश्रमिक दिन मिटर रिडरको माग

२७ चैत, मोरङ । झापा, मोरङ र सुनसरीमा विद्युत् मिटर रिडरको काम गर्दै आएका विद्युत प्राधिकरणका कर्मचारीहरुले आफूहरु हेपिएको गुनासो गरेका छन् । तीन जिल्लाको ११ वटा युनिट अन्तरगत कार्यरत् १ सय ५२ मिटर रिडरले ज्यालामा आफूहरु शोषित भएको बताएका हुन् ।

विद्युत प्राधिकरणले मिटर रिडरलाई प्रतिघर गोटागन्तीका हिसाबले ३ रुपैयाँदेखि ४ रुपैयाँसम्म दिँदै आएको छ । गोटागन्ती हिसाबले पारिश्रमिक पाउँदै आएका मजदुर र प्राबिधिक मजदुरसँग मिलेर ज्यालादारीका रुपमा काम गर्न पाउनुपर्ने भन्दै आन्दोलन गरिरहेका थिए ।

तर, आफूहरुसँगै आन्दोलनमा रहेका मर्मत प्राबिधिकहरुलाई ज्यालादारीमा राखेपनि मिटर रिडरहरुलाई भने गोटागन्तीकै हिसाबमा राखेको मजदुरहरुको गुनसो छ ।

उनीहरुले मर्मत प्राबिधिक जस्तै आफूहरुलाई पनि ज्यालादारी सरह नियुक्ति दिनुपर्ने माग राखेका छन् । विद्युत प्राधिकरणमा १५ बर्षयता गोटागन्तीको रुपमा मिटर रिडर गर्दै आएका कर्मचारीहरु छन् । उनीहरुले एकमुष्ट रुपमा प्राविधिक सरह आफूहरुलाई पनि ज्यालादारीमा राख्नु पर्ने बताएका हुन् ।

सुनसरी मोरङ र झापाका उत्तरी क्षेत्र तथा पहाडी जिल्लाहरुमा मिटर रिडर ज्यालादारीमा छन् । तर, क्षेत्रीय कार्यालय, बिराटनगर अन्तरगत रहेका १५२ मजदुरले भने ज्यादारी रुपमा काम गर्न नपाएको १२ बर्षदेखि झापाको अनारमनी बितरण केन्द्र अन्तरगत मिटर रिडरको काम गर्दै आएका भीम रिजालले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment