Comments Add Comment

लमजुङमा पहिरोमा पुरिएका २ जनाको उपचार नपाएर मृत्यु

२८ भदौ, लमजुङ । जिल्लाको मर्स्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा गएको पहिरोमा परी घाइते २ जनाको उपचार नपाएर ज्यान गएको छ ।

पहिरोमा पुरिएर घाइते ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापाको उपचार नपाएर ज्यान गएको हो ।

पहिरो चलेपछि घर छोडेर भाग्दाभाग्दै उनीहरू पुरिएका थिए ।

तर वर्षाले दुई स्थानको सडक अवरुद्ध हुँदा उनीहरुलाई थप उपचारका लागि सदरमुकाम ल्याउनसमेत सकिएको थिएन ।

स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरे पनि थप उपचार पाउन नसक्दा दुवैको ज्यान गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment