+
+
Shares

अमेरिकामा भयानक समुद्री आँधी, वासिंटन डीसीमा समेत आपतकाल घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २८ गते ११:१०

२८ भदौ, काठमाडौं । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भयानक समुद्री आँधीको खतरा रहेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाहरुलाई घर छाडेर सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।

साउथ क्यारोलिना, नर्थ क्यारोलिना र भर्जिनिया राज्यका १७ लाख बासिन्दा यसबाट प्रभावित हुने भन्दै उनीहरुलाई घर छाडेर सुरक्षित स्थलतर्फ जान सरकारी अधिकारीहरुले निर्देशन दिएका हुन् ।

निर्देशनपछि कति घर छाडेर सुरक्षित स्थलतर्फ लागे भन्नेबारे अहिलेसम्म यकिन तथ्यांक भने सार्वजनिक भएको छैन ।

प्रतिघण्टा १ सय ९५ किलोमिटरको गतिमा बगिरहेको क्याटगोरी थ्रीमा राखिएको आँधी भयानक हुनसक्ने चेतावनी दिइएको छ । आँधी बिहीबार बेलुकासम्म अमेरिकाको पूर्वी तटीय क्षेत्रमा पुग्ने चेतावनी दिइएको बीबीसीको समाचारमा उल्लेख छ ।

आँधीको त्रास अन्य क्षेत्रमा पनि देखिएको छ । क्यारोलिना, जर्जिया, भर्जिनिया र वासिंटन डीसीले आपतकालको घोषणा गरेका छन् ।

चार दक्षिण क्यारोलिनाको मोटरबाटो एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

उत्तर क्यारोलिनाका गभर्नर रोए कूपरले प्रकोप ढोकाको सम्भुख आइपुगेको चेतावनी दिँदै दशौं हजार बिल्डिङमा क्षतिपुग्न सक्ने बताएका छन् ।

अमेरिकाको नेशनल वेदर सर्भिसका मौसदविदले यो आँधी क्यारोलिना तटको अहिलेसम्मकै भयानक हुनसक्ने प्रक्षेपण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?