Comments Add Comment

सर्वोच्च फर्किएका दीपकराज जोशीले इजलास पाए

२८ भदौ, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले इजलास पाएका छन् ।

प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि घर विदामा बसेका जोशी नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि सर्वोच्चमा फर्किएका थिए ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पहिलो दिन जोशीलाई मुद्दा हेर्न दिएनन् । तर, शुक्रबार उनलाई एकल इजलास तोकिएको छ ।

संसदीय सुनवाई विशेष समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि नयाँ प्रधानन्यायाधीश ओमप्रकाश मिश्र बनेका छन् । सर्वोच्चमा मिश्र पदभार ग्रहण गर्न गएको बेला जोशीले नै स्वागत गरेका थिए ।

यो पनि पढ्नुहोस् 

प्रधानन्यायाधीशमा अस्वीकृत जोशी न्यायाधीश हुन योग्य कि अयोग्य ?

प्रधानन्यायाधीश मिश्रलाई सर्वोच्चमा जोशीको स्वागत 

प्रधानन्यायाधीशमा मिश्रको नाम सर्वसम्मत अनुमोदन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment