Comments Add Comment

‘अनमोल चाहियो..होइन, निर्माता र हिरोलाई म चाहियो’: साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय विवादमा धेरै फसेकी छिन् । उनको विभिन्न खालको बयानले उनलाई विवादमा फसाउने गरेको छ ।

ट्याटुदेखि प्रेमका प्रसंगले त उनलाई मिडियामा सधै नै हिट बनाइरहेको छ । उनै, साम्राज्ञी फेरि एकपटक चर्चामा छिन् । यसपटक पोखरामा आयोजना भएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को पत्रकार सम्मेलनमा उनले दिएको एउटा बयानले चर्चा पाइरहेको छ ।

चलचित्र ‘ड्रिम्स’ जस्तो सफलता अरु चलचित्रले नपाएको भन्दै पत्रकारले उनलाई नायक अनमोल केसी नै चाहिएको हो भनेर प्रश्न सोधे । सो प्रश्नको त उनले सुरुमा सकारात्मक जवाफ दिएकी थिइन् ।

उनले, आफूलाई त्यस्तो नलागेको बताउँदै दैनिक चलचित्रको अफर आएको बताइन् । तर, पछि उनले फेरि पत्रकारको प्रश्न संझिइन् र भनिन्-‘अघि एक जना दाइले सोध्नुभएको थियो नी अनमोल नै चाहियो । होइन, जति पनि निर्माता र हिरोहरु छन् उहाँहरुलाई चाही म चाहियो ।’ साम्राज्ञीले यति भन्दै पत्रकारलाई प्रश्न नै गलत सोधेको भन्दै जवाफ फर्काइन् ।

सबैलाई थाहा छ, नायिका शाहको डिमाण्ड चलचित्र क्षेत्रमा राम्रो छ । तर, के जतिपनि हिरो र निर्माता छन् उनीहरुलाई साम्राज्ञी नै चाहिएको हो र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment