Comments Add Comment

स्वरा भाष्करका बाबुलाई छोरीको मास्टरबेसन भिडियो

बलिउड नायिका स्वरा भास्करले हालै एउटा चलचित्रमा ‘मास्टरबेसन’ सीन दिइन् । उक्त सीनले निकै विवाद निम्त्यायो जुन अहिलेसम्म पनि मत्थर भइसकेको छैन । अहिले यो विवादको मारमा परेका छन् स्वराका बाबु . भास्कर । उनले हालै भारतीय अदालतले समलिंगी सम्वन्धलाई बैधता दिएको विषयमा एउटा स्टाटस लेखेका थिए । उनले अदालतको निर्णयको प्रशंसा गरेका थिए । सोही स्टाटसको कमेन्ट बक्समा एकजनाले स्वराको मास्टरबेसन सिनको भिडियो हालिदिए । अनि लेखे, ‘यो को हो चिन्छौ ?’

उक्त भिडियोमा स्वराका बाबुले कुनै प्रतिक्रिया जनाएनन् । तर, यसले स्वरालाई भने आक्रोशित बनाएको छ । उनले आफ्नो बाबुलाई भिडियो क्लिप पठाउने व्यक्तिलाई कडा जवाफ फर्काएकी छन् । ‘म एउटी अभिनेत्री हुँ र यो सीनमा मैले भाइब्रेटर प्रयोग गरेको अभिनय गरेकी छु । यो विषयमा कुनै कुरा जान्न मन लागेमा मलाई सोध्नु, मेरो बुवालाई होइन । एउटा पाको व्यक्तिलाई यसरी अपमानित गर्न खोज्नु कायरता हो ।’ उनले लेखेकी छन् । स्वराको जवाफलाई धेरैले लाइक गरेका छन् ।

स्वरा आफूलाई सामाजिक सञ्जालमा आउने आक्षेपहरुमाथि तात्तातो प्रतिक्रिया दिन कहलिएकी छन् । यसले उनलाई कहिलेकाहीँ अप्ठेरोमा समेत पार्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment