Comments Add Comment

आयूष्मान खुराना पनि ‘कास्टिङ काउच’ को शिकार

ग्ल्यामरको दुनियामा पाइला राख्न चाहने नवयौवनाहरुमाथि हुने ‘कास्टिङ काउच’ कुनै पनि फिल्म इन्डष्ट्रीका लागि नौलो कुरा होइन । तर, पुरुष कलाकारमाथि नै कास्टिङ काउच चैं नौलो हो ।बलिउड अभिनेता आयूष्मान खुरानाले हालै एउटा रोचक खुलासा गरेका छन् । उनले आफ्नो संघर्षको समयमा एउटा फिल्मको लागि अडिसन दिँदा ‘कास्टिङ काउच’ को शिकार हुन पुगेको बताए ।

आयूष्मानका अनुसार उनलाई सो फिल्ममा एक महिला कास्टिङ डाइरेक्टरले अडिसन लिएकी थिइन् । ‘अडिसनका क्रममा उनले भनिन् कि म तपाईंको प्राइभेट पार्ट हेर्न चाहन्छु,’ आयूष्मानले सुनाए, ‘म त स्तब्ध भएँ ।’
ब्लु फिल्मका लागि अडिसन लिँदा पुरुष कलाकारको पनि ‘प्राइभेट पार्ट’ हेरिन्छ । तर, सामान्य फिल्ममा यस्तो माग आउनु अस्वभाविक हो ।

आयूष्मानले आफूले गोप्य अंग देखाउन नमानेको दावी गरे । ‘सुरुमा त मलाई उनले ठट्टा गरिन् जस्तो लागेको थियो, त्यसैले म हाँसेँ । तर, उनी सिरियस थिइन्,’ आयुष्मानले सुनाए, ‘अन्तमा मैले भनेँ कि मबाट यो काम हुँदैन ।’ उनले सो फिल्ममा आफूले काम नगरेको बताए ।

२०१२ मा बनेको फिल्म ‘विक्की डोनर’ बाट आयूष्मान चर्चामा आएका हुन् । उनी चाँडै श्रीराम राघवनको फिल्म ‘अन्धाधुन्द’ मा देखिदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment