Comments Add Comment

उद्योग बाणिज्य महासंघको नेतृत्वबिरुद्ध पूर्वका व्यवसायीको मोर्चाबन्दी

२९ भदौ, विराटनगर/उद्योग बाणिज्य महासंघको नेतृत्वले प्रभावकारी काम नगरेको भन्दै पूर्वका उद्योग बाणिज्य संघहरुले महासंघ नेतृत्वविरुद्ध मोर्चाबन्दी सुरु गरेका छन् ।

भवानी राणा नेतृत्वको महासंघले व्यवसायीको पक्षमा काम गर्न नसकेको निश्कर्ष निकाल्दै पूर्वका चारवटा उद्योग बाणिज्य संघले नेतृत्वका विरुद्ध मोर्चाबन्दी सुरु गरेका हुन् ।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, उदयपुर उद्योग बाणिज्य संघ र दमक उद्योग बाणिज्य संघले नेतृत्व आफूखुसी अघि बढेको निश्कर्ष निकाल्दै तत्काल व्यबहार नसच्याए केन्द्रको निर्देशन नमान्ने चेतावनी दिएका छन् ।

चारवटा संघले महासंघ नेतृत्वलाई ब्यबहार सच्याउनसचेत पत्र पनि पठाउने उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए ।

महासंघ नेतृत्वले तल्लोस्तरका जिल्ला नगर उद्योग वाणिज्य संघ एवं उद्योगी व्यवसायीका समस्याहरुमा कुनै चासो नदिएको, भेदभावपूर्ण व्यबहार गरेको, राष्ट्रियस्तरमा असर पर्ने बिषयमा राय सुझाव समेट्न नसकेको, सम्पर्कमा आउनै नचाहेको निश्कर्ष निकाल्दै महासंघ नेतृत्वलाई आफ्नो व्यवहार सच्याउन पत्र पठाउने र अटेर गरे केन्द्रको कुनै सर्कुलर पालना नगर्ने चेतावनी दिएका हुन् ।

गत साउन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीका क्षेत्रका समस्या र सामधानका लागि सुझाव सम्बन्धमा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघ अध्यक्ष समितिको १२ सदस्य कार्यदल निर्माण गरी दुई महिना समय सीमा तोकेको थियो ।

कार्यदलमा सदस्य रहेका उद्योग संगठन मोरङ अध्यक्ष भीम घिमिरेले मातृ शोकमा रहेका बेला महासंघले तीन दिने स्पष्टीकरण सोधेको थियो ।

गत भदौ ५ गतेदेखि मातृ शोकमा रहेका बेला घिमिरेलाई प्रधानमन्त्रीले गठन गरेको कार्यदलको सदस्य बनेपछि दिएका अभिब्यक्तिका बारेमा तीनदिने स्पष्टीकरण सोधेको थियो ।

शोकमा रहेका बेला समबेदना प्रकट गर्नुको साटो स्पष्टीकरण पठाएको भन्दै चारवटै संघले महासंघप्रति खेद व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment