Comments Add Comment

महिलालाई किन धेरै तनाव हुन्छ ? यस्तो छ कारण

कामको व्यस्तता र दौडधुप, कार्यलय जाने आउने चिन्ता, बच्चाको हेरविचार, उनीहरुको पढाईको चिन्ता, परिवारको खर्च आदी केही यस्ता कारण छन् जसले पुरुषलाई भन्दा धेरै महिलाहरुलाई तनाव दिन्छ ।

यी कुराहरु बाहेक हार्मोनको सन्तुलन विग्रने, मौसम परिवर्तन आदि कुराहरु कुनै महिलाको जीवनमा डिप्रेशनको कारण बन्छन् ।

गर्भधारणको समयदेखि नै महिलाहरुको मस्तिस्कमा छोरा हुन्छ कि छोरी भन्ने चिन्ताले डेरा जमाउँछ । परिवारका वृद्धवृद्धाहरुले छोरा होस् भन्ने चाहना राख्छन् जसले उनीहरुको तनावलाई अझै बढाउँछ ।

खासमा यो कुरा वैज्ञानिक तथ्य हो । छोरा वा छोरी हुनमा कुनै पनि महिलालाई जिम्मेवार ठहर्याउन सकिँदैन तर पनि हाम्रो समाजमा अनपढ मात्रै होइन पढेलेखेका मानिसहरु पनि छोरी भएमा आमालाई दोषी मान्छन् ।

सत्य कुरा भन्ने हो भने महिलाहरुमा तनावको सुरुवात जन्म देखि नै हुन्छ र उनीहरुको उमेरको साथसाथै बढ्दै जान्छ । राम्रो पढेलेखेको भएपनि मनपरेको जागिर नपाइने, जागिर पाए पनि समयमा सफलता नमिल्ने, घर बाहिरको काम बीच तालमेल नमिल्ने आदी कारणले पढेलेखेका युवतीहरु पनि तनावले घेरिएका हुन्छन ।

मनोवैज्ञानिकहरुको शोधअनुसार कुनै प्रतियोगितामा असफलता भएमा पनि महिलाहरुमा छिटै निराशाको कारण तनावले घेरिन्छन् ।

चिन्ता, दुख र दबाबले पनि उनीहरुमा तनाव पैदा हुन्छ । यो कुनै रोग होइन । परिस्थितीसँग तालमेल मिलाउन नसक्नु, परिवार र साथीहरुबाट चाहिएको बेलामा सहयोग नमिल्नु, हार्मोनमा गडबडी हुने आदि कारणले कुनै पनि महिलाको जीवनमा तनाव उत्पन्न हुन सक्छ ।

रक्सी वा अन्य नशा, आफ्नो कुनै रोगको सहि किसिमले उपचार नहुने आदी पनि तनावको लागि जिम्मेवार छ । कैयौं पटक महिलाहरुमा अवकाश पछि यो अवस्था पैदा हुन्छ ।

यी हुन् तनावको लक्षण

स्मरणशक्ति कमजोर हुनु, सास फेर्न समस्या हुने, भोक कम लाग्ने, शारीरिक क्षमता कम हुने, काममा मन नलाग्ने जस्ता लक्षणहरुले मानिसमा तनावको संकेत गर्छ ।

टाउको दुख्ने, धेरै पसिना आउने, मुख सुक्ने, बारम्बार पिसाबको इच्छा, यी लक्षणहरुको चपेटामा आउने मानिसहरुले आँफैलाई परिवार वा समाजमा बोझ सम्झिन्छन् ।

उनीहरु धेरै कोसिस गर्दा पनि समस्याको समाधान सम्म पुग्न सक्दैनन र आफ्नो विश्वास गुमाउँछन् र विस्तारै विस्तारै निराशातर्फ बढ्न लाग्छन् ।

तनावलाई कसरी भगाउने ?

जीवनमा धेरै पटक यस्तो मौका आउँछ जतिखेर निराशासँग संर्घष गर्नुपर्छ । जीवनको महानता कठिनाइहरुसँग सामना गर्दै आफ्नो लक्ष्य सम्म पुग्नको लागि उत्साहसँग अगाडि बढ्दै जानुमा छ ।

यसखालको काम गर्नुहोस् कि थाक्नुभन्दा पहिले नै त्यसले तपाईंलाई आराम मिलोस । उदास वा थकित देखिएमा व्यक्तिमा तनाव वा अपराधको भाव पैदा हुन्छ ।

राम्रो निन्द्रा नआउनाले पनि धेरै नोक्सान हुन्छ । गहिरो निन्द्राको लागि संगीत सुन्न ठिक हुन्छ, यसले तनाव पनि कम गर्छ । सुत्नभन्दा पहिले पुस्तकहरु पढ्नु पनि राम्रो बानी हो । यसले पनि राम्रो निन्द्रा आउँछ ।

धेरै निराशाले हिन भावनालाई जन्म दिन्छ । आफ्नो सोच सकरात्मक राख्नुहोस् । जे तपाइर्ं सँग छैन वा जुन कुरा तपाईंको वशमा छैन त्यसको लागि चिन्ता नगर्नुहोस् । आफ्नो साथमा जे छ त्यसमा खुसी रहनुहोस् ।

खानपानमा पनि ध्यान दिन जरुरी छ । फलफूल र सब्जीहरुसको सेवनले रोग प्रतिरोधक क्षमतालाई विकसित गर्छ । महिनावारीको समयमा महिलाको शरीरमा क्याल्सियमको मात्रा कम हुन्छ जसले जस्टियोपोरोसिस अर्थात हड्डीको रोग हुने सम्भावना बढ्छ ।

यसैले क्याल्सियम र भिटामिन डि जस्ता पोषक तत्व आफ्नो खानामा समावेश गर्न नभुल्नुहोस् । नियमित व्यायाम गर्ने बानी बसाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment