Comments Add Comment

जनस्तरबाट सुरु भयो ‘व्यवस्थित वीरगञ्ज’ अभियान

२९ भदौ, वीरगञ्ज । वीरगञ्जलाई व्यवस्थित बनाउन नागरिक स्तरबाट पहल गरिने भएको छ । त्यसका लागि वीरगञ्जमा क्रियाशिल सामाजिक अगुवाहरुले ‘व्यवस्थित वीरगञ्ज’ अभियान नै सञ्चालन गर्ने भएका छन् ।

विभिन्न पेशा व्यवसायमा आवद्ध भई सामाजिक कार्यमा क्रियाशील व्यक्तिहरु मिलेर अभियान सञ्चालन गर्न लागिएको हो । शुक्रबार भएको भेलाले वीरगञ्जका युवा दिलिपराज कार्कीको संयोजकत्वमा १५ सदस्यीयसमिति गठन गरेको छ । विभिन्न पेशा, व्यवसाय र सामाजिक संघ संस्थामा आवद्ध भई सामाजिक सेवामा क्रियाशिल रहेका व्यक्तित्वहरु, जन प्रतिनीधिहरु यसमा सदस्य छन् ।

अभियानले महानगरपालिकासँग समन्वय गरेर डेढ महिनाभित्र वीरगञ्जको ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण उपलब्धी हासिल गर्नेगरि काम गर्ने लक्ष्य राखिएको छ । सरोकारवालाको साथ र सहयोग लिएर वीरगञ्जको ट्राफिक व्यवस्थापनमा जनस्तरबाट योगदान पुर्‍याउँदै सवारी साधन व्यवस्थित र नियम अनुसार चल्ने वातावरण निर्माण गर्न दुईवटा उपसमिति गठन गरिएको छ ।

वीरगञ्जको बारेमा हामीले नसोचे कसले सोच्ने ? अहिले नगरे कहिले गर्ने ? भन्ने सोचेर अभियान सञ्चालन गर्न लागिएको संयोजक कार्कीले बताए । ‘अलग अलग ठाउँमा बसेर त हामीले आ-आफ्नो तर्फबाट वीरगञ्जका लागि योगदान दिएकै छौं’ उनले भने, ‘तर एक भएर केहि गरौं भन्ने सोच हाम्रो हो । राजनीतिक आग्रह पूर्वाग्रह भन्दामाथि उठेर वीरगञ्जमा केहि गर्ने सोच सबैको छ ।’

अभियानका पहलकर्ता एवं सल्लाहकार जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले वीरगञ्जलाई कसरी अझै राम्रो र व्यवस्थित बनाउन अभियान थालिएको बताए । ‘प्रहरीको प्रमुख काम समाजमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान र नियन्त्रण नै हो’ उनले भने, ‘सँगसँगै केहि सामाजिक दायित्वहरु पनि हुन्छन्, समाज व्यवपस्थित भयो भने झै झगडा र अपराध पनि कम हुन्छ । त्यसैले वीरगञ्जमा मिलेर केहि गरौं भनेर अभियान शुरु गर्ने सोच बन्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment