३१ भदौं, काठमाडौं । भदौ महिनाको अन्तिम दिन सेयर कारोबारमा ठूलो सुधार देखिएको छ । आइतबार एकैदिन कारोबार रकम करिब अर्ब रुपैयाँ नजिक पुगेर सेयर बजारमा ठूलो सुधार देखिएको हो ।
दिनभरमा ८ हजार ९ सय १६ वटा कारोबारबाट १ सय ६६ कम्पनीको ३० लाख ७० हजार २ सय ३१ कित्ता सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । जसअनुसार ९१ करोड ५२ हजार ९२ सय २०४ रुपैयाँको सेयर कारोबार भएको छ ।
दोहोरो अंकले बढ्यो परिसूचक
कारोबार रकमसँगै नेप्से परिसुचकमा समेत आइतबार सुधार भएको छ । आइतबार नेप्सेका सबै समूहरुमा हरियाली छाएको छ । समूहरु सबै हरियाली देखिँदा नेप्से परिसूचक ११ दशमलव ६९ अंकले वृद्धि भएको छ ।
१ हजार २ सय ४५ दशमलव ११ अंकबाट शुरु भएको कारोबार ११ दशमलव ६९ अंकले बढेर नेप्से परिसूचक १ हजार २ सय ५६ दशमलव ५३ को विन्दुमा पुगेको छ ।
आइतबार सबैभन्दा बढी कारोबार एनएमबी बैंकको भयो । एनएमबीको आज ७ करोड १४ लाख ४ हजार १९१ सय रुपैयाँको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया 4